Wednesday 16th September 2026

भानुको सम्झनामा, कुवेतमा २०५ अाैँ भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा


चन्द्र बिश्वकर्मा, तिताेपाटी – विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ अाैँ जन्मजयन्ती तथा साहित्यक श्रृङखला वाचन कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ ।

बि.स १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका भानुभक्त आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नु भएको थियो ।

नेपाली भाषाका पहिलो कवि भानुभक्तले सम्पुर्ण रामायणलाई नै संस्कृत भाषा बाट नेपाली भाषामा अनुवाद गर्नु भएको थियो । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जीलिङ लगायतका क्षेत्रहरु र नेपाली समाज भएको विश्वभरी कै देशहरुमा भानु जयन्ती मनाइन्छ ।

कुवेतमा पनि उक्त कार्यक्रम यहि आउदो १३ जुलाई शुक्रबारको दिन पपिन्स हल, जिलिब कुवेतमा सम्पन्न हुने कार्यक्रम संयोजक राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारी गराएका छन ।

कुवेतमा कृयाशिल कूटनीतिक नियोग, सघं-सस्था, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, साहित्यकार, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी लाई निमन्त्रणा गरिसकेको र यदि निमन्त्रणा प्राप्त नभएको भए यहि समाचार लाई आधारमानी उक्त कार्यक्रममा उपस्थिति जनाइ भब्य र सब्य रुपमा सप्पन्न गरिदिनको लागि विश्व नेपाली साहित्य महासंघ कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने समय, स्थान र मिति निम्न बमोजिम रहेको छ ।

स्थान :- पपिन्स हल , जिलिब कुवेत
समय :- बिहानको ठिक १० बजे
मिति :- १३ जुलाई २०१८


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...