Wednesday 31st December 2025

सभामुख सापकोटाको सुरक्षामा खटिने प्रहरीमा कोरोना पुष्टि


तितोपाटी- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो।

प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

सुरक्षाकर्मीको एकजना सदस्यमा संक्रमण देखिएपछि सभामुख सापकोटा,उनका परिवारका सदस्य र उनीसँग जोडिएका सबैखाले कर्मचारीको परीक्षण गरिएको छ।

स्रोतका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेयता सभामुखको स्कटिङमा नआएर हेटक्वार्टरमा बसिरहेको बताइए पनि हाल सभामुखको निवासका केही कर्मचारीको परीक्षणको लागि स्वाब संकलन गरिएको छ। त्यसको रिपोर्ट आजै बेलुकीसम्ममा आउने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...