Wednesday 31st December 2025

समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन


तितोपाटी – सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन गरिने भएको छ ।  समुदायमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा भोली शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको हो ।

पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको संख्या अत्यधिक बढ्न थालेपछि शुक्रबार बसेको महानगरस्तरीय कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को बैठकले विराटनगर महानगरपालिका शनिबारदेखि आगामी १४ दिनका लागि पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनलाई प्रहरी, प्रशासन, महानगरपालिका, नागरिक समाज र उद्योगी व्यवसायीहरूको सहयोगबाट पूर्ण रूपमा कार्यान्वयन गराइने र लकडाउन अवधिमा नेपाल–भारत सीमानाका पूर्ण रूपमा बन्द गरिनेछ । यसैगरी हरेक व्यक्तिलाई मास्क अनिवार्य गरिनेछ । अटेर गर्नेहरूलाई तत्काल कारवाही गरिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...