Saturday 18th April 2026

समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन


तितोपाटी – सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन गरिने भएको छ ।  समुदायमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा भोली शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको हो ।

पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको संख्या अत्यधिक बढ्न थालेपछि शुक्रबार बसेको महानगरस्तरीय कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को बैठकले विराटनगर महानगरपालिका शनिबारदेखि आगामी १४ दिनका लागि पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनलाई प्रहरी, प्रशासन, महानगरपालिका, नागरिक समाज र उद्योगी व्यवसायीहरूको सहयोगबाट पूर्ण रूपमा कार्यान्वयन गराइने र लकडाउन अवधिमा नेपाल–भारत सीमानाका पूर्ण रूपमा बन्द गरिनेछ । यसैगरी हरेक व्यक्तिलाई मास्क अनिवार्य गरिनेछ । अटेर गर्नेहरूलाई तत्काल कारवाही गरिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

प्रतिकृयाहरू
...