Sunday 16th June 2024

तपार्इंलार्इ अाँखाको समस्या छ ? मधुमेह भएको पनि हुन सक्छ !


तितोपाटी – मधुमेह हुनु भनेको रगतमा चिनीको मात्रा बढी हुनु हो। रगतमा चिनीको मात्रा बढी भएपछि शरीरका प्रत्येक अंगमा रगत राम्ररी बग्न पाउँदैन । रगत शरीरका सबै भागमा राम्ररी नगएपछि शरीरलाई आवश्यक पोषणतत्व पुग्दैन । मधुमेहका कारण रगतको शुक्ष्मनली अन्तितमा पुग्ने अंगहरूमा पोषणतत्व पुग्दैन। आँखा, मिर्गौला, मस्तिष्क र खुट्टामा पोषण नपुगेका कारण विस्तारै ती अंगहरूको संवेदनशिलता पनि घट्दै जान्छ।

मधुमेहले कम उमेरमै आँखामा जलविन्दु, मोतीविन्दु हुने, नयाँ रक्तकोष पलाउने र रगतका नसाहरू फुटेर आँखामा रगत भरिने, आँखाको दृष्टिपर्दा सुन्निने, आँखाभित्र चाप परेर आँखाका नसा सुक्ने, दृष्टि कमजोर हुने तथा मधुमेह घटबढसँगै दृष्टि क्षमता पनि घटबढ हुनेजस्ता समस्या उत्पन्न हुन्छन्। यसबाहेक आँखाको नानीमा घाउ हुने, नयाँ रक्तनली पलाएर आँखामा रक्तश्राव हुनेजस्ता असर देखिन्छन्। आँखाभित्र रगतको छिर्का आउने, बोसाको मात्रा देखिने तथा दृष्टिपर्दाको बीचभाग पनि सुन्निने समस्या हुन्छन्।

चिकित्सकका अनुसार टाइप वान मधुमेह लागेकाहरू(इन्सुलिन लिइरहेकाहरू)ले मधुमेह भएको पाँच वर्षपछि आँखाको राम्ररी जाँच गर्नुपर्छ भने टाइप टु मधुमेह भएकाहरूले थाहा पाउनेबित्तिकै आँखाको जाँच गरिहाल्नुपर्छ। मधुमेह भएकाले चुरोट पिएमा, गर्भवती भएमा, मधुमेह लागेको दश वर्षभन्दा बढी भएमा, रक्तअल्पता भएमा आँखामा असर पुग्छ। कतिपयलाई गर्भवती हुँदा आँखामा असर गर्छ भन्ने थाहा नभएको डा. प्रधान बताउँछिन्।

जुनसुकै प्रकारका मधुमेह रोगीले चश्मा जाँच मात्र नगरी आँखाको दृष्टिपर्दालाई फुलाएर पूर्ण उपचार गर्नुपर्ने र समयमै उपचार गरे थप क्षति हुनबाट बचाउन सकिने डा. प्रधानको भनाइ छ। ‘मधुमेह भएकाहरूले थाहा पाउनेबित्तिकै आँखा उपचार गर्न आए थप क्षतिबाट कसरी जोगिने भन्ने उपाय दिन्छौं,’ उनले भनिन्। आँखाको नियमित उपचार नगरकै कारण नेपालमा मधुमेहका बिरामीले गम्भीर समस्या झेलिरहेको डा. प्रधानले बताइन्। सययमै उपचार गरे आँखामा हुने क्षति रोक्न सकिन्छ भने उपचार पनि कम खर्चमै हुने उनको सुझाव छ।

मधुमेहका रोगीले आँखालाई बढी क्षति हुनबाट बचाउन आफूलाई मधुमेह भएको थाहा हुनेबित्तिकै नियमित आँखा जाँच गर्ने, आफूलाई मधुमेह भएकोबारे आँखा चिकित्सकलाई जानकारी दिने, मधुमेह र उच्चरक्तचाप नियन्त्रणमा राख्ने, औषधि खानुपर्ने अवस्थाका मधुमेह रोगीले औषधि खाने र इन्सुलिन लिनुपर्ने अवस्थामा लिने, व्यायाम तथा खानपानमा ध्यान दिने गरेर मधुमेह नियन्त्रण गर्नुपर्ने चिकित्सकको सुझाव छ। यसका साथै आँखा परीक्षण गर्दा आँखाको मात्र उपचार नगरी आँखाको नानी फुलाएर दृष्टिपर्दाको पनि जाँच गर्नुपर्छ।

मधुमेहका बिरामीले आँखामा क्षतिबाट कसरी बच्ने?
–नियमित व्यायाम गरेर मधुमेह घटाउने
– मधुमेह बढाउने खानाकुरा नखाने
–चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने
– मधुमेह नियन्त्रणमा राख्ने
–मधुमेह भएको थाहा पाउनेबित्तिकै आँखाको नानी फुलाएर दृष्टिपर्दाको जाँच गर्ने


सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

प्रतिकृयाहरू
...