Friday 23rd October 2026

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना


तितोपाटी – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए।

नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्। मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ। प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए।यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन भएको छैन। यद्यपी सुरूमा दुई चार जना सुरक्षाकर्मीमा ज्वरो देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीको परीक्षण गर्दा संक्रमित संख्या बढेको हो।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...