Wednesday 31st December 2025

नेपाल लगाएत ७ देशका नागरिकहरु तत्काल कुवेत आउन नपाउने


हरि कृष्ण न्यौपाने- कुवेत सरकारले अगस्ट १, २०२० बाट कुवेत आउन खुल्ला गर्ने निर्णय गरे पनि नेपाल लगाएत ७ वटा देशको नागरिकलाई भने तत्काल कुवेत आउन प्रतिबन्ध लगाएको छ।

कुवेतबाट प्रकाशित द टाइम्स कुवेतले समाचारमा भनेको छ” कुवेत सरकारको ३० जुलाई,२०२० बिहिबार वसेको क्याबिनेट बैठकले तत्काललाई नेपाल लगाएत ७ देशका नागरिकलाई कुवेत आउन नपाउने निर्णय ट्विट मार्फत सार्बजनिक गरेको छ।”

यसरी अगस्ट १ तारिकबाट कुवेत आउन खुल्ला गरिए पनि तत्कालका लागि प्रतिबन्ध गरिएका देशहरुमा नेपाल, बंगलादेश, फिलिपिन्स, भारत, श्रीलंका, पाकिस्तान र इरान रहेका छन।

समाचारमा कहिले सम्म र किन यी सात देशका नागरिकहरुलाई कुवेत प्रबेशमा रोक लगाईएको भन्ने बारे केही जनाईएको छैन।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...