Thursday 10th April 2025

जापानमा बाढी पहिरोको कारण मर्नेको संख्या ५२ नाघ्यो


तितोपाटी – पश्चिमी जापानको विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढि र पहिरोमा परि आइतवार विहान ९ बजेसम्म कम्तिमा ५२ जनाले ज्यान गुमाएका छन् ।

पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेको र भेटिएका ६ जनाको अवस्था गम्भिर रहेको एनएचके अनलाइनले जनाएको छ । मृतकहरुमध्ये धेरैजना पहिरोमा परि मर्नेहरु छन् ।

प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेको समाचारमा उल्लेख छ ।

सामुन्द्रिक टापु होन्सुमा भिषण बर्षाका कारण आएको आँधीहुरी, पहिरो र बाढीमा परि सो संख्यामा हताहती भएको मौसम विभागलाई उद्दृत गर्दै जापानी सञ्चार माध्यमले जनाएका छन् । सो क्षेत्रमा इतिहासकै भिषण बर्षा भएको विभागको भनाई छ । केही स्थानहरुमा जारि गरिएको इमर्जेन्सी एलर्ट पचास बर्षमा एक वा दुईपटक जारि गरेजस्तै भएको बताइएको छ ।

सबैभन्दा धेरै प्रभावित बनेको हिरोसिमा प्रिफेक्चरमा मात्र २३ जनाले ज्यान गुमाएका छन् भने २१ जना हराइरहेका छन् ।अन्य मृतकहरु ओशाका, सिगा, ह्योगो, ओकायामा, यामागुची तथा फुकुओका प्रिफेक्चरका वासिन्दाहरु रहेका छन् । त्यस्तै एहिमे प्रिफेक्चरमा मात्रै १८ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन् । त्यस्तै हिरोसिममामा २ जना, कागोसिमामा २ जना र क्योतो प्रिफेक्चरमा २ जना अचेत अवस्थामा भेटिएका छन् ।

पूर्वी र पश्चिमी क्षेत्रमा भिषण बर्षाको जोखिम आइतबारसम्म जारी रहने मौसम विभागले जनाएको छ । भिषण बर्षाका कारण पश्चिमी शहर हिरोसीमा, ताकासीमा, यामागुची लगायत क्षेत्रका करीब १६ लाख मानिसहरु प्रभावित भएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा जमिन जलमग्न भएको तर पहिरोका कारण घरहरु भत्किइरहेका दृष्यहरु जापानी टेलिभिजनहरुले निरन्तर देखाइरहेका छन् ।

सन् २०१४ अगस्त महिनामा हिरोसिमा प्रिफेक्चरमा भारी बर्षापश्चाच आएको बाढि र पहिरोमा परि ७७ जनाले ज्यान गुमाएका थिए । स्थानिय वासिन्दाले यसपटकको बाढि ४ बर्ष अघिको भन्दा भयानक भएको बताए ।

जापानको उत्तरपश्चिमी देखि पश्चिमी भागका धेरै स्थानहरुमा रहेका खोला तथा नदिहरुमा पानीको बहाव उच्च छ भने बस्तीहरु जलमग्न बनेका छन् । अधिकांश स्थानहरुमा हवाइ तथा सडक यातायात ठप्प बनेको छ भने सिनकानसेनहरु चलेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनले अमेरिकामाथि थप ५० प्रतिशत कर लगाएको छ। यसको अर्थ पहिलेको ३४ प्रतिशतको सट्टा…

ग़ुलाम नवी मन्सूर/कुवेत- खाडी मुलुकको बालुवामा पसिना बगाउँदै गर्दा मोबाइल खोल्दा देखिन्छ मेरो देश नेपाल, फेरि आन्दोलनको चपेटामा परेको छ।…

एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनले २०२४ मा मृत्युदण्ड दिने देशहरूको उल्लेख गरेको छ। मृत्युदण्ड दिन धेरै देशहरूमा झुण्ड्याउने, टाउकोमा पेन लगाउने, घातक…

प्रतिकृयाहरू
...