Saturday 21st February 2026

गलकोट-नुवाकोट – लोकछन्द(सवाई) -हरि शर्मा(सुबेदी)


गलकोट- नुवाकोट
लोकछन्द- सवाई
**********
पुछारमा गौँदी खोला द्यौराली हो शीर,
देब्रेपट्टि जुगे खोला घट्टे दायाँ तिर ।
समपोखरा मुलाछर्ने भनन्चौर अनि,
हलो तास्ने ठूलोचौर पाखापानी पनि ।

देउपुजे हुँदै तल तीजको डाँडा मुनि,
भुमेस्थान मन्दिर हुँदै पालेबन पनि ।
भलाबोट,काउले माथि ठूलोखोला पनि,
नुवाकोट्मै ठूलोदारा घाँस काट्न जाने ।

भुमेस्थान भूमे पूजा कालिकामा पाठ ।
भूमे प्रावि तल पर्छ स्वामीको रुख साथ ।
घट्टे खोला घट्ट हाल्ने तीजको डाँडा खेल ।
रीठा रुख उखु पेल्ने स्वामीका रुख तेल ।

डाँडाखेत ओर्लिएर लागौँ माथि तिर,
देब्रेपट्टि देखिने छ निलुवाको शीर ।
ओखरबोट डिहीँ दायाँ धनमूँडा पनि,
अलि माथि पुग्दा खेरी बैरी काटे अनि ।

देब्रे तिर हेर्नुहोला सुबेदीका घर,
ती मध्यको हरि शर्मा सुबेदी हो थर ।
चार जात छत्तिस बर्ण सबै बस्छन मिली ।
रङ्गी चङ्गी फूलबारी झैँ देख्छु झिली मिली ।

अमेरिका जापान कोही कतार मलेसिया,
कोही भारत,अस्ट्रेलिया गाउँ छिया-छिया ।
बिदेशमा बसेपनि माया गर्न मिल्छ ।
चटक्कै भुल्दा भने धर्ती सराप दिन्छ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

प्रतिकृयाहरू
...