Friday 20th February 2026

कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या ३५ प्रतिशतले घट्यो


तितोपाटी- आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । यो आर्थिक वर्षमा ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा गएको शुक्रबार वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमार्फत १ लाख ९० हजार ४ सय ५३ जना वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा उल्लेख छ । जसमा १८ हजार २ सय ६ जना महिला वैदेशिक रोजगारीमा विभिन्न देश गएका छन् ।
अघिल्लो आवमा ५ लाख ८ हजार ८ सय २८ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशत वैदेशिक रोजगारीमा जाने कामदार संख्यामा गिरावट आएको विभागको तथ्यांकले देखाएको छ । अघिल्लो आवकाे तुलनामा गत आर्थिक वर्षमा १ लाख ४० हजार ३ सय ९५ कम वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । गत आवमा १ सय २७ देशमा रोजगारीमा नेपाली गएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत आवमा कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको विभागले जनाएको छ । गतचैत महिनादेखि कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा कामदार पठाउन ठप्प भएको थियो । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

नेपालमा मात्र होइन, विश्वमा कोरोना भाइरसको प्रकोपका कारण रोजगारीमा समस्या देखा परिरहेको छ । नेपालको पनि वैदेशिक रोजगारी कोरोना भाइरसका कारण ४ महिनादेखि बन्द हुँदा विदेशिनेको संख्यामा ३५ प्रतिशत गिरावट आएको महानिर्देशक दाहालले जानकारी दिए ।
५ महिनायता वैदेशिक रोजगारीमा जाने नेपाली कामदार संख्या वार्षिक रूपमा वृद्धि हुँदै गएको थियो । गत आवमा कोरोना भाइरसका कारण गिरावट आएको विभागको भनाइ छ । रोजगारदाता देशले गत माघ महिनादेखि नै नेपाली कामदार रोजगारीमा लिन छाडेका कारण विदेशिनेको संख्यामा गिरावट आएको विभागले जनाएको छ ।
नेपाली कामदारको मुख्य रोजगार गन्तव्य देशमा खाडी र मलेसिया नै हाे । यी देशमा करिब ८० प्रतिशत नेपाली कामदार रोजगारीका लागि जाने गरेका छन् ।
-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...