Sunday 16th November 2025

कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या ३५ प्रतिशतले घट्यो


तितोपाटी- आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । यो आर्थिक वर्षमा ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा गएको शुक्रबार वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमार्फत १ लाख ९० हजार ४ सय ५३ जना वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा उल्लेख छ । जसमा १८ हजार २ सय ६ जना महिला वैदेशिक रोजगारीमा विभिन्न देश गएका छन् ।
अघिल्लो आवमा ५ लाख ८ हजार ८ सय २८ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशत वैदेशिक रोजगारीमा जाने कामदार संख्यामा गिरावट आएको विभागको तथ्यांकले देखाएको छ । अघिल्लो आवकाे तुलनामा गत आर्थिक वर्षमा १ लाख ४० हजार ३ सय ९५ कम वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । गत आवमा १ सय २७ देशमा रोजगारीमा नेपाली गएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत आवमा कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको विभागले जनाएको छ । गतचैत महिनादेखि कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा कामदार पठाउन ठप्प भएको थियो । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

नेपालमा मात्र होइन, विश्वमा कोरोना भाइरसको प्रकोपका कारण रोजगारीमा समस्या देखा परिरहेको छ । नेपालको पनि वैदेशिक रोजगारी कोरोना भाइरसका कारण ४ महिनादेखि बन्द हुँदा विदेशिनेको संख्यामा ३५ प्रतिशत गिरावट आएको महानिर्देशक दाहालले जानकारी दिए ।
५ महिनायता वैदेशिक रोजगारीमा जाने नेपाली कामदार संख्या वार्षिक रूपमा वृद्धि हुँदै गएको थियो । गत आवमा कोरोना भाइरसका कारण गिरावट आएको विभागको भनाइ छ । रोजगारदाता देशले गत माघ महिनादेखि नै नेपाली कामदार रोजगारीमा लिन छाडेका कारण विदेशिनेको संख्यामा गिरावट आएको विभागले जनाएको छ ।
नेपाली कामदारको मुख्य रोजगार गन्तव्य देशमा खाडी र मलेसिया नै हाे । यी देशमा करिब ८० प्रतिशत नेपाली कामदार रोजगारीका लागि जाने गरेका छन् ।
-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...