Monday 23rd December 2024

नेपालमा कोरोना संक्रमित १७१७७ पुगे, ११ हजार बढी निको भए, थप एक जनाको मृत्यु


तितोपाटी – नेपालमा  पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६९७ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७१७७ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ६११३ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ११०२५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको कोरोनाको कारण अाज निधन भएको छ भने कोरोनाको कारण अहिले सम्म ३९ जनाको ज्यान गएको छ । हालसम्म देशभरका २६ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट २ लाख ९८ हजार ७ साय ६८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २४ हजार ५ सय २७ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ३४ लाख ८७ हजार भन्दा बढि संक्रमित भइ ७८ लाख ७७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ८१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको तातारस्तान क्षेत्रको कजान सहरमा युक्रेनी ड्रोनले आवासीय भवनमा आक्रमण गरेपछि बदला लिने वाचा गरेका छन्…

गुलाम नवी मन्सूर- आजको युवापुस्तालाई हेर्दा उनीहरूको मनमा अनेकौँ सपना र चाहनाहरू देख्न सकिन्छ। उनीहरू भविष्यप्रति उत्साहित छन्, केही नयाँ…

लुलु हाइपरमार्केटको टोय फेस्ट २०२४ एक चकित र खुसीको संसार हो जसले बच्चा र वयस्क दुवैका लागि पर्खिरहेको छ, यो…

प्रतिकृयाहरू
...