Saturday 21st September 2024

उरूग्वेलार्इ २-० को अन्तरले हराउँदै फ्रान्स सेमिफाइनलमा


तितोपाटी – पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो।

खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेका दुवै टोलीले लगातार पोस्ट आक्रमण गरेका थिए। लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको १६औं मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो। १६औं मिनेटमा काइलियन एमबाप्पे गोल गर्नबाट चुकेका थिए। फ्रान्सको तुलनामा उरुग्वेले बलमाथि कम पक्कड जमाए पनि गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन्।

फ्रान्सले पहिलो हाफको ४१औं मिनेटमा सुरुवाती अग्रता बनायो। एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल गरेका थिए। पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६१औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई मजबुद अवस्थामा पुर्‍याए। दुई गोलले अग्रता बनाएपछि फ्रान्सले रक्षात्मक खेल्यो। त्यसको विपरीत उरुग्वेले आक्रमकता देखाए पनि गोल भने गर्न सकेन।


सम्बन्धित शीर्षकहरु

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। आइतबार कार्यकर्तालाई सम्बोधन…

प्रतिकृयाहरू
...