Thursday 30th July 2026

नेकपा स्थायी कमिटिको बैठक स्थगित


तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ। बैठक बिहान ११ बजे बाेलाइएकाे थियाे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै आजका लागि तय भएकाे बैठक असार २४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका हुन्।

नेकपा स्थायी कमिटीकाे बैठक यसअघि पनि पटक पटक स्थगित भएकाे छ। शनिबारका लागि बोलाइएको बैठक साेमबार (आज) सम्मका लागि स्थगित भएकाे थियाे।
यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

स्थायी कमिटी बैठकमा बाेल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएकाे छ। ओलीले पार्टीको निर्णय नमानी एकलौटी निर्णय गर्न थालेको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...