Wednesday 17th December 2025

इन्डोनेसियामा फेरी डुब्दा २९ जनाको मृत्यु, ३१ जना वेपत्ता


तितोपाटी – इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना बेपत्ता भएका छन् ।

उक्त फेरीमा १ सय ४० यात्रु रहेको बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मंगलबार साँझ उक्त दुर्घटना भएको हो ।

उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ । बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् ।

दुई साताअघि पनि सुमात्रा टापूनजिकै भएको फेरी दुर्घटनामा १ सय ६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...