तितोपाटी- गत चैत महिनायता कोरोना भाइरस महामारीका कारण बन्द रहेको वैदेशिक रोजगार विभागले उजुरी लिन सुरु गरेको छ । विभाग बन्द भएयता वैदेशिक रोजगारी क्षेत्रमा समस्या परेका कामदारका उजुरी दर्ता भएको थिएन ।
गत बुधबारदेखि फोन र विभागमै आएर वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितले उजुरी दर्ता गराउन थालेको विभागले जानकारी दिएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितले फोन र विभागमै आएर उजुरी गर्न थालेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । विभागले पीडितले दिएको उजुरीका आधारमा कानुनी कारबाही गर्नेसमेत बताए ।
विभागले वैदेशिक रोजगारीका क्रममा समस्याका परेका कामदार उजुरी र मुद्दा हेर्दै आएको छ । लकडाउनका समयमा १ सयभन्दा धेरै फोनबाट उजुरी आएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पनि सरकारले श्रम स्वीकृति खुला गर्ने निर्णय भए पनि गरिसकेको छ ।-शिलापत्रबाट