Friday 20th February 2026

कुवेतबाट दुई चार्टर उडान मार्फत ३०४ जना नेपाल फर्किए


हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना नेपालीहरू स्वदेश फर्किएका हुन।

यसरी चर्टर उडान मार्फत फर्किनेहरुमा स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु भएको नेपाली राजदुताबासले बिज्ञप्ती मार्फत जनाएको छ।

त्यसै गरी गैरकानुनी रुपमा कुवेतमा बस्दै आएका र आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका २९९१ जना मध्ये १५६५ जना नेपाल फर्किएका छन।उनिहरुलाई कुवेतको जजिरा एयरवेजको १० वटा उडान मार्फत कुवेत सरकारले निशुल्क नेपाल पुर्याएको हो भने बाँकीलाई पनि क्रमश लगिने राजादूताबासले जनाएको छ।

यसै बिच एनआरएनए एनसिसी कुवेतको अगुवाइमा कुवेतमा भएका विभिन्न नेपाली संघ-संस्थाहरुको प्रतिनिधित्व सहित कुवेतमा समस्यामा परेका नेपाली कामदारहरुलाई सहज रुपमा स्वदेश फर्काउने लगाएतका विभिन्न बिषयहरु समामेबेस गरीएको बिज्ञप्ती दूताबासमा बुझाइएको छ।जुन-२४,२०२० का दिन नेपाली राजदूताबास कुवेतमा गएर दूताबासका कुटनैतिक कर्मचारीहरुको माझमा महामहिम राजदूत दूर्गा प्रसाद भन्डारीलाई ज्ञापन पत्र बुझाउदै विभिन्न बिषयमा छलफल गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...