Saturday 4th October 2025

बाढी पहिरोबाट ६ दिनमै २६ जनाको मृत्यु (तथ्याङ्कसहित)


देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परी एक सातामै २६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि आजसम्म बाढी, पहिरोबाट १६ जिल्लामा गरी २६ जनाको मृत्यु भएको जानकारी दिएका हुन ।

बाढीमा परी २ जना वेपत्ता भएका छन् भने करिब एक दर्जन व्यक्ति घाइते छन् । गृहमन्त्रीले दिएको तथ्यांकअनुसार बाँकेमा ४, रोल्पामा ३, सिन्धुलीमा २, कैलालीमा १, चितवनमा १, पर्सामा २, काठमाडामौं १, सर्लाहीमा २, तनहुँमा २, उदयपुरमा १, सिराहमा १, दाङमा १, मकवानपुरमा २, महोत्तरीमा १, बर्दियामा १ र बारामा १ जनाको मृत्यु भएको हो । प्रभावित क्षेत्रहरुमा तत्काल राहत र उद्धारका कार्य थालिएको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट…

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका…

आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष…

प्रतिकृयाहरू
...