Friday 24th April 2026

नेयमारले बार्सिलोनालाई ९१ करोड रुपैयाँ तिनुपर्ने


पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिनुपर्ने भएको छ । स्पेनको अदालतले नेयमारविरुद्ध फैसला सुनाउँदै सो सजाय तोकेको हो ।सन् २०१७ को अगस्तमा बार्सिलोना छाडेका ब्राजिलियन खेलाडीले आफ्नो पूर्वक्लबले आफूलाई लोयल्टी बोनसबापत् ४ करोड ३६ लाख युरो तिर्नुपर्ने दाबी गर्दै मुद्दा दायर गरेका थिए । पेरिस सेन्ट जर्मेनसँग आबद्ध भएलगत्तै नेयामारले सो मुद्दा दायर गरेका थिए । एक न्यायाधीशले स्पेनिस क्लबको पक्षमा फैसला सुनाए पनि नेयमारले त्यसविरुद्ध पुनरावेदन गर्न पाउनेछन् ।

बार्सिलोनाले फैसलालाई स्वागत गर्दै आफ्नो वैद्य चासोलाई रक्षा गर्ने प्रतिक्रिया दिएको छ । सन् २०१७ नेयामार विश्वकीर्तिमानी २२.२ करोड युरोमा बार्सिलोनाबाट पीएसजीसँग आबद्ध पुगेका थिए । उनले त्यसपछि विश्व फुटबलको नियामक निकाय फिफामा पनि यसबारे उजुरी गरेका थिए ।उता, बार्सिलोनाले रकम नतिरेर उल्टै नेयमारबिरुद्ध कानुनी कारवाही अगाडि बढाएको थियो । सन् २०१६ मा नयाँ करार गर्दा प्रप्त ८० लाख पाउन्ड नेयमारले फिर्ता गर्नुपर्ने बार्साको दाबी थियो । फिफाले यस विषयमा कुनै कारवाही नगर्ने र अदालतको निर्णयलाई मान्ने बताएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...