Monday 25th August 2025

नेयमारले बार्सिलोनालाई ९१ करोड रुपैयाँ तिनुपर्ने


पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिनुपर्ने भएको छ । स्पेनको अदालतले नेयमारविरुद्ध फैसला सुनाउँदै सो सजाय तोकेको हो ।सन् २०१७ को अगस्तमा बार्सिलोना छाडेका ब्राजिलियन खेलाडीले आफ्नो पूर्वक्लबले आफूलाई लोयल्टी बोनसबापत् ४ करोड ३६ लाख युरो तिर्नुपर्ने दाबी गर्दै मुद्दा दायर गरेका थिए । पेरिस सेन्ट जर्मेनसँग आबद्ध भएलगत्तै नेयामारले सो मुद्दा दायर गरेका थिए । एक न्यायाधीशले स्पेनिस क्लबको पक्षमा फैसला सुनाए पनि नेयमारले त्यसविरुद्ध पुनरावेदन गर्न पाउनेछन् ।

बार्सिलोनाले फैसलालाई स्वागत गर्दै आफ्नो वैद्य चासोलाई रक्षा गर्ने प्रतिक्रिया दिएको छ । सन् २०१७ नेयामार विश्वकीर्तिमानी २२.२ करोड युरोमा बार्सिलोनाबाट पीएसजीसँग आबद्ध पुगेका थिए । उनले त्यसपछि विश्व फुटबलको नियामक निकाय फिफामा पनि यसबारे उजुरी गरेका थिए ।उता, बार्सिलोनाले रकम नतिरेर उल्टै नेयमारबिरुद्ध कानुनी कारवाही अगाडि बढाएको थियो । सन् २०१६ मा नयाँ करार गर्दा प्रप्त ८० लाख पाउन्ड नेयमारले फिर्ता गर्नुपर्ने बार्साको दाबी थियो । फिफाले यस विषयमा कुनै कारवाही नगर्ने र अदालतको निर्णयलाई मान्ने बताएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...