तितोपाटी- धनुषाका श्यामकुमार शाह बंगलादेशको इस्लामिक विश्वविद्यालयमा अध्ययनरत थिए । कोरोना भाइरसको संक्रमण फैलिएसँगैविश्वविद्यालय बिदा भएपछि कोठामै ३ महिना बसेर आइतवार साँझ उनी स्वदेश फर्किएका छन् ।
ढिलै भएपनि स्वदेश फर्कन पाएकोमा धेरै खुसी छन् उनी । आफनो देश आकाशबाट देख्दा पनि धेरै खुसी भएका शाह नेपाल आइपुगेपनिअब के गर्ने होला भन्ने चिन्तामा छन् ।
विदेशी नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन स्वास्थ्य परीक्षणदेखि व्यक्तिगत सुरक्षामा समेत बंगलादेशले राम्रो कामगरेको देखेका शाह नेपालमा पनि यही अपेक्षा गर्छन ।
बंगलादेशमै विएस्सी नर्सिङ अध्ययनरत सोनिया सिन्जाली पनि स्वदेश फर्कन पाउँदा धेरै खुसी छिन् । आफनो देशको माटोमा टेक्दा धेरैखुसी लागेको र कोरोनाको त्रासनै हराएको उनले विमानस्थलवाट ओर्लदै गर्दा गरिन् ।
‘बंगलादेशमा बस्दा कोरोना भाइरसको त्रासले ३ महिना राम्रोसँग खाना पनि रुचेन,’ शिलापत्रसँग उनले भनिन्, ‘नेपाल फर्किने भनेपछिकति बेला पुगिन्छ जस्तो भएको थियो । नेपाल आएपछि कोरोना भाइरसको महामारी छ जस्तो लागेको छैन ।’
अध्ययनका शिलाशिलामा बंगलादेश पुगेका नेपाली संकटको बेला आफ्नो देशको यादले सताउने मीठो अनुभव बोकेर फर्किएकोबताउँछन् ।
सबैको एकैखाले अनुभव छ– नेपाल फर्किएपछि कोरोनाको मानसिक तनाव हरायो ।
अध्ययन सकेपछि नेपाल फर्किएर दुर्गम जिल्लामा गएर स्वास्थ्य क्षेत्रमा सेवा गर्ने इच्छा सिन्जालीको छ । उनमा बंगलादेश जाने बेलाजस्तो उत्साह थियो, अहिले सबै मरेको छ । भन्छिन्, ‘कहिले अध्ययन सकिएला र आफ्नै देश फर्केर काम गर्न पाइन्छ जस्तो भएको छ ।’
आइतबार नै बंगलादेशबाट स्वदेश फर्किएका सिराहाका राजिव यादवको पनि धेरैपछि मनमा खुसी छाएको छ । कोरोना भाइरसकाकारण ३ महिना बंगलादेश बस्दा ३० वर्ष जेलमा बसेजस्तो अनूभूति भएको उनले सुनाए ।
‘कोरोना भाइरसको त्रासले ज्यान नै खाएको थियो । पढाइतिर ध्यान थिएन । कहिले नेपाल फर्कन पाइन्छ भन्ने मात्र थियो’, उनले भने, ‘मिल्ने भए नेपालमै पढ्ने थिए । तर, पढाइ सकिन लागेको छ । त्यही भएपनि फेरी बंगलादेश जानुपर्छ । अब कोरोना नियन्त्रणभएपछिमात्र जान्छु ।’
अध्ययन सकिएपछि नेपाल नै फर्किएर त्यहाँ पढेको ज्ञान र सीपअनुसार काम गर्ने उनको भनाइ छ ।
आइतवार सरकारले बंगलादेशबाट १ सय ५८ जना विद्यार्थी नेपाल एयरलाइन्समार्फत स्वदेश फर्काएको छ । उनीहरु बंगलादेशअध्ययनका लागि गएका थिए ।
बंगलादेशमा करिब ५ हजार विद्यार्थी विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् । कोरोना त्रासका कारण करिब २ हजार विद्यार्थी भारतहुँदै नेपाल फर्किइसकेका छन् ।
अझे एक हजार विद्यार्थी उद्धारको प्रतीक्षामा रहेको नेपाल फर्किएका विद्यार्थी बताउँछन् । सरकारले आइतवार बंगलादेशबाट उद्धारगरेका विद्यार्थी आफनै खर्चमा फर्किएको बताएका छन् ।
उनीहरु १ सय ६५ अमेरिकी डलर हवाइ खर्च तिरेर फर्किएका हुन् । सरकारले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्कन चाहनेनागरिकलाई आफनै खर्चमा उद्धार गर्ने थालेको छ ।
साभार शिलापत्रबाट