Saturday 18th July 2026

कुवेत जेलमा रहेका २६८ जना बन्दीहरुलाई कोरोना संक्रमण,२२५ जना निको भए


हरि कृष्ण न्यौपाने – विभिन्न अभियोगमा कुवेतको केन्द्रिय जेलमा जेल सजाय भोगी रहेका बन्दीहरु मध्ये २६८ जनामा कोरोना संक्रमण देखिएको छ।कुवेतको गृह मन्त्रालयले टुईटर मार्फत जानकारी गराए अनुसार जेल जीवन बिताइ रहेका कोरोना संक्रमित २६८ जना बन्दीहरु मध्ये २२५ जनालाई निको भैसकेको छ।
कुवेतको अंग्रेजी अनलाइन पत्रीका अरब टाइम्समा जुन ११,२०२०का दिन प्रकाशित समाचारमा जनाइए अनुसार कुवेतको गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालय संग समन्वय गरि जेलमा रहेका सम्पूर्ण बन्दीहरुलाई पिसिआर स्वाब टेस्ट गराएको थियो।जसमा २६८ जना बन्दीहरुमा कोरोना पोजेटिभ देखिएको थियो।उक्त समाचारमा भनिएको छ”संक्रमित मध्ये २२५ जना बन्दीहरु कोरोना मुक्त भएका छन भने ४३ जना बन्दीहरु अझै आइसुलेशनमा विशेष निगरानीमा रहेका छन ।”


सम्बन्धित शीर्षकहरु

खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव आगामी सेप्टेम्बर २५, २०२६ (२०८३ असोज ९ गते शुक्रबार) नेपालबाट…

शनिबार इरानी आक्रमणका कारण कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) केन्द्रमा आगलागी भएको छ। यो लगातार दोस्रो…

काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतापछि नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीले उठाएका मागअनुसार चालु पुँजी कर्जासम्बन्धी एकीकृत निर्देशन संशोधन गरेपछि मौद्रिक…

प्रतिकृयाहरू
...