Saturday 25th October 2025

कुवेत जेलमा रहेका २६८ जना बन्दीहरुलाई कोरोना संक्रमण,२२५ जना निको भए


हरि कृष्ण न्यौपाने – विभिन्न अभियोगमा कुवेतको केन्द्रिय जेलमा जेल सजाय भोगी रहेका बन्दीहरु मध्ये २६८ जनामा कोरोना संक्रमण देखिएको छ।कुवेतको गृह मन्त्रालयले टुईटर मार्फत जानकारी गराए अनुसार जेल जीवन बिताइ रहेका कोरोना संक्रमित २६८ जना बन्दीहरु मध्ये २२५ जनालाई निको भैसकेको छ।
कुवेतको अंग्रेजी अनलाइन पत्रीका अरब टाइम्समा जुन ११,२०२०का दिन प्रकाशित समाचारमा जनाइए अनुसार कुवेतको गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालय संग समन्वय गरि जेलमा रहेका सम्पूर्ण बन्दीहरुलाई पिसिआर स्वाब टेस्ट गराएको थियो।जसमा २६८ जना बन्दीहरुमा कोरोना पोजेटिभ देखिएको थियो।उक्त समाचारमा भनिएको छ”संक्रमित मध्ये २२५ जना बन्दीहरु कोरोना मुक्त भएका छन भने ४३ जना बन्दीहरु अझै आइसुलेशनमा विशेष निगरानीमा रहेका छन ।”


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

प्रतिकृयाहरू
...