Wednesday 30th September 2026

सत्य घटना -राम भण्डारी


सत्य घटना
-राम भण्डारी

सन्तानको भबिष्य अनि मिठा सपना साँचेर मनभरी ।
मान्यजन, साथीसंगी, देवी-देउराली बिदा लिएँ गाउँ भरि ।।

मन बाँधेर देश अनि साथहरु तोड्दै सुनौलो सपना साथमा ।
आशिर्बाद बाबाको, न्यानो हात आमाको राख्दै माथमा ।।

लागें म परदेश अनगिन्ती मेरा चाहनालाइ गर्न पुरा ।
मेरा बाबा-अामाका पनि,बाँकी रहेका सपना अधुरा ।।

यो ताजै जस्तो लाग्दैछ भलाकुसारी म सँग बिमानस्थलमा ।
कस्तो बिडम्बना! दैव लागेपछि उसले देह त्यागेर कार्यस्थलमा ।।

आइरहन्थ्यो रातो बाकसमा चिर निन्द्रामा कर्मठ नेपाली ।
धेरै मध्ये उही थिए चिनजान भएको पहिले भलाकुसारी ।।

दुःखी भइ आउने अनि, सुतेर जो बाकसमा चिर निन्द्रामा ।
कस्को नहोला मुटु छियाछिया यस्तो दृश्य देख्दा आँखामा ।।

नियाली रहें एक टकले त्यो झोला जुन सपना बोकेको ।
रातो बाकस माथि उसकै नाम लेखि त्यहि झोलाले छोपेको ।।

यो काहानी होइन हजुर,घटना सत्य आफैं मैंले भन्दछु ।
मेरो गल्ती भए माफि दिनु दस औंला जोडी ढोग्दछु ।।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...