सत्य घटना
-राम भण्डारी
सन्तानको भबिष्य अनि मिठा सपना साँचेर मनभरी ।
मान्यजन, साथीसंगी, देवी-देउराली बिदा लिएँ गाउँ भरि ।।
मन बाँधेर देश अनि साथहरु तोड्दै सुनौलो सपना साथमा ।
आशिर्बाद बाबाको, न्यानो हात आमाको राख्दै माथमा ।।
लागें म परदेश अनगिन्ती मेरा चाहनालाइ गर्न पुरा ।
मेरा बाबा-अामाका पनि,बाँकी रहेका सपना अधुरा ।।
यो ताजै जस्तो लाग्दैछ भलाकुसारी म सँग बिमानस्थलमा ।
कस्तो बिडम्बना! दैव लागेपछि उसले देह त्यागेर कार्यस्थलमा ।।
आइरहन्थ्यो रातो बाकसमा चिर निन्द्रामा कर्मठ नेपाली ।
धेरै मध्ये उही थिए चिनजान भएको पहिले भलाकुसारी ।।
दुःखी भइ आउने अनि, सुतेर जो बाकसमा चिर निन्द्रामा ।
कस्को नहोला मुटु छियाछिया यस्तो दृश्य देख्दा आँखामा ।।
नियाली रहें एक टकले त्यो झोला जुन सपना बोकेको ।
रातो बाकस माथि उसकै नाम लेखि त्यहि झोलाले छोपेको ।।
यो काहानी होइन हजुर,घटना सत्य आफैं मैंले भन्दछु ।
मेरो गल्ती भए माफि दिनु दस औंला जोडी ढोग्दछु ।।