Thursday 10th September 2026

कुवेतमा एक हप्तमा ३ नेपालीको मृत्यु,१७ जनाको शब कुवेतमै रोकियो


हरि कृष्ण न्यौपाने-कुवेतमा यहि हप्ता मात्र ३ जना नेपालीहरुको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा तेज गुरुङ, निर्मला थापा मगर (सुस्मा) र प्रेम बहादुर चन्द रहेका छन।
प्राप्त जानकारी अनुसार गत जुन-०१ तारिक,२०२० सोमबारका दिन कुवेतको मिस्रफमा रहेको कुवेत सरकारले कोरोना भाइरस संक्रमितका लागि निर्माण गरिएको क्वारेन्टाइनको शौचालयमा लम्जुङका ४२ बर्षिय तेज गुरुङले झुन्डिएर आत्महत्या गरेका हुन। उनी कोरोना संक्रमित भएको कारण क्वारेन्टाइनमा थिए। उनको परिवार पनि कुवेतमै रहेको बुझिएको छ।
त्यसै गरि गत जुन-०४ तारिक,२०२ बिहिबारका दिन बाग्लुङ्की निर्मला थापा मगर(सुस्मा)को कुवेतको जिलिबमा हृदयघातको कारण मृत्यु भएको छ।निर्मला घरेलु महिला कामदारका रुपमा काम गर्न आएकी र केही समय देखि अबैधानिक रुपमा काम गर्दै आएकी थिईन।
त्यस्तै दैलेखको गुरास गाउँपालिका वडा नम्बर-५ का ३९ बर्षिय प्रेम बहादुर चन्दको पनि हृदयघातको कारण मृत्यु भएको छ। चन्दको गत जुन-०५,२०२० शुक्रवारका दिन मृत्यु भएको हो।करिब १४ बर्ष देखि कुवेतमा कार्यरत राहदानी नं-०७६९०९०३का चन्द बहादुर मुगल रेस्टुरेन्टमा कार्यरत थिए।
नेपाली राजदूताबास कुवेतका अनुसार माथी उल्लेखित तिनै जनाको प्रारम्भिक जानकारी आएता पनि मृत्युका कारण सहितको पुर्ण जानकारी अझै दूतावासलाई आइसकेको छैन।यसै बिच दुताबासको अभिलेख अनुसार उडान प्रतिबन्ध पछि कोरोना बाहेकको मृत्युका कारण १७ जना नेपालीहरुको मृत्यु भैसकेको छ भने उनिहरुको शब उडान प्रतिबन्धकै कारण नेपाल फर्काउन सकिएको छैन।


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...