Friday 17th July 2026

मिडिया अझै असमावेशी


तिताेपाटी — मिडियामा समावेशीकरण नीति अझै पनि प्रभावकारी हुन नसकेको तथ्यांकले खुलाएको छ । राजधानीमा मंगलबार पत्रकार महासंघको समावेशी समितिले गरेको अन्तक्रियात्मक कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले र नेपाल प्रेस काउन्सिलका सदस्य शुभेच्छा विन्दुले मिडिया र समावेशी अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

विन्दुले नेपालमा ९ सय ३६ पुरुष सम्पादक रहेकोमा महिला सम्पादक जम्मा १ सय ९ जना मात्रै भेटिएको बताइन् । उनले महिला पत्रकारलाई टिकाइराख्न मिडिया हाउसले महिलामैत्री कार्यालय बनाउनुपर्नेमा जोड दिइन् ।

घलेले संविधानको प्रस्तावनामै समानुपातिक समावेशीकरण सिद्धान्त लागू गर्नुपर्ने उल्लेख भए पनि व्यवहारमा मिडिया हाउसमा यो सिद्धान्त कार्यान्वयन हुन नसकेको बताए । समावेशिताले मिडिया हाउसलाई पूर्ण बनाउन मद्दत गर्छ,’ उनले भने, ‘यो संवैधानिक मर्मअनुकूल काम पनि हो ।’

– कान्तिपुर


सम्बन्धित शीर्षकहरु

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

प्रतिकृयाहरू
...