“प्रकृति”
-राम भण्डारी
बसन्त ऋतु थियो कोकिल कण्ठ मनमा ।
नाचि मयूर पंक्षी,कोईली कुहू-कुहू बनमा ।।
फेरियो पालुवा पैदावार झूले फूल सबमा ।
बेरियो हरित लतिका,कर्याङ्कुरुङ नभमा ।।
लिई आनन्द मग्न थिए प्रकृतिको काखमा ।
बसन्तले बोलाई गृष्म ऋतु लाई पासमा ।।
नहुँदै अन्त्य,बसन्त नजर नियतिको जनमा ।
चिन्ता बढ्यो गृष्ममा पनि चैन रहेन तनमा ।।
खेती किसानी मेहेनतले पाखुरीको बलमा ।
बेला यो मानो रोपी मुरि उब्जाउने जगमा ।।
वर्षा झरझर छिनमै,रवि रोषीझैं जलथलमा ।
भएका तयारी माटो,बिजन,पानी तलाउमा ।।
त्रासले कहालिदो,मेहनती थुनिए घरमा ।
बदलियोस समय पुरानै चुनिएका पलमा ।।
धैर्य गरौं फर्किने छौं पुनः बर्षाऋतु सम्ममा ।
बनोस जिवन यापन सहज पृथ्वी तलमा ।।
सामान्य बन्दै जावस जिवन स्वच्छ मनमा ।
पुकारौ ईश्वर मनका श्वेत फूल लिई करमा ।।