Tuesday 21st April 2026

कविताः प्रकृति -राम भण्डारी


“प्रकृति”
-राम भण्डारी

बसन्त ऋतु थियो कोकिल कण्ठ मनमा ।
नाचि मयूर पंक्षी,कोईली कुहू-कुहू बनमा ।।

फेरियो पालुवा पैदावार झूले फूल सबमा ।
बेरियो हरित लतिका,कर्याङ्कुरुङ नभमा ।।

लिई आनन्द मग्न थिए प्रकृतिको काखमा ।
बसन्तले बोलाई गृष्म ऋतु लाई पासमा ।।

नहुँदै अन्त्य,बसन्त नजर नियतिको जनमा ।
चिन्ता बढ्यो गृष्ममा पनि चैन रहेन तनमा ।।

खेती किसानी मेहेनतले पाखुरीको बलमा ।
बे‌ला यो मानो रोपी मुरि उब्जाउने जगमा ।।

वर्षा झरझर छिनमै,रवि रोषीझैं जलथलमा ।
भएका तयारी माटो,बिजन,पानी तलाउमा ।।

त्रासले कहालिदो,मेहनती थुनिए घरमा ।
बदलियोस समय पुरानै चुनिएका पलमा ।।

धैर्य गरौं फर्किने छौं पुनः बर्षाऋतु सम्ममा ।
बनोस जिवन यापन सहज पृथ्वी तलमा ।।

सामान्य बन्दै जावस जिवन स्वच्छ मनमा ।
पुकारौ ईश्वर मनका श्वेत फूल लिई करमा ।।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

प्रतिकृयाहरू
...