Sunday 9th August 2026

“हिँजो-आज” -राम भण्डारी


“हिजो-आज”
-राम भण्डारी

थिए आनन्द मग्न भई आ-आफ्नै धुनमा दौडिएका ।
जिवनयापन गर्न खातिर नदीतलमा पौडिएका ।।

सफा छ,शान्त छ, ढकमक्क फूलहरू भमरा झुम्मिएका ।
सहर खाली खाली छन् सबै गाउँ गाउँमै थुनिएका ।।

सडक सुनसान प्रायः छ रहर बिना मनहरु खुम्चिएका ।
मानव बिनाका सहरहरू मसान जस्तै बत्ती निभाएका ।।

विश्व इतिहाँस मै नदेखिने सबैभन्दा कालो चक्र घुमाएका ‌।
धर्ती भरि उहि हाल छ सबैले आफन्त लाई गुमाएका ।।

मरे तुल्य पल पल लाग्दछ खबर तिनको सुनिएका ।
कोभिडको दुःखदायी चपेटामा नेपालीहरु पनि उनिएका ।।

बन्दाबन्दी छ पनि मनोमानी हिड्दछन् यहाँ भलाद्मी भनिएका ।
सोच्दछन् दुरी कायम छ सामाजिक,लगाई मुकुट उम्दा चुनिएका ।।

साँझ बिहान लाग्छ लर्को ठुलै मेला आयोजना गरिएका ।
बन्दाबन्दी के हो? कि यहि हो,भिडले सबै चोक भरिएका? ।।

कस्ले बुझ्ने-बुझाउने सहि सूचना समाजमा छरिएका ।
अब अटेर गर्यौं भने अाउँछ दिन अरु दु:खले भरिएका ।।

याद गरौ त कस्तो होला आफ्ना बाट अाफ्नै टाढिएका ।
त्यसैले सोचौं बेलैमा,प्रण गरौं,झिकौं ईर्ष्या,द्वेष मन मा गाढिएका ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण…

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

प्रतिकृयाहरू
...