Tuesday 30th December 2025

कुवेतमा कोरोना संक्रमितको संख्या २९,३५९ पुग्यो, मृत्यु हुनेको संख्या २३०


हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०३, बुधबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ७१० जना सहित २९,३५९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ४ जना सहित २३० पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या २९,३५९ जना मध्ये १५,७५० जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा १,४६९ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी १४३ जना भारतीय , २५६ जना कुवेती, ९१ जना इजिप्सियन र ९३ जना बंगालादेशी नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।

कोरोना भाइरस सबैभन्दा बढी फर्वानिया क्षेत्रमा २५६ जना, हवालीमा ८८ जना, सिटीमा-७० जना, जाहारामा १४० र अहमादीमा १३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित २९,३५९ जना मध्ये १३,३७९ जना अस्पतालमा उपचाररत छन भने १९१ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म ३,०३,२८५ जनाको कोरोना परिक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा २,९३४ जनाको स्वाब परिक्षण गरिएको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।
गत मेई ०३ बाट कोरोना संक्रमित नेपालीको संख्या ८४ जना देखाएको थियो तर अहिले कति संक्रमित छन भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।कुवेतमा कोरोना भाइरसको कारण २ जना नेपालीको मृत्यु र क्वारेन्टाइनमै रहेको अबस्थामा एक नेपालीले आत्महत्या गरेका छन।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...