Tuesday 28th October 2025

थप समयमा पनि बराबरी भएपछि इंगल्याण्डले कोलम्बियालार्इ पेनाल्टीमा हरायो


तितोपाटी – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्ति समयमा कोलम्बिया र इंग्ल्यान्डबीच १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो । टाइब्रेकरमा इंग्ल्यान्डका गोलरक्षक पिक फोर्डले बाका र उर्वियनको प्रहार रोक्दै टिमलाई क्वार्टरफाइनलमा लगे ।

कोलम्बियाका गोलरक्षक ओस्पिनले हर्डसनको पेनाल्टी सुटलाई डाइभ गरी बचाएका थिए । इङ्ल्यान्डले पेनाल्टीमार्फत ५७ मिनेटमा अग्रता लिएको थियो । कार्लोस सान्चेजले कर्नर किकमा डिबक्सभित्र कप्तान ह्यारी केनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान केनले नै गोल गरे । केनको विश्वकपमा ६ गोल पुरा भएको छ । उनी जारी विश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पेनाल्टीमा गोल गरे ।

बार्सिलोनाका स्टार डिफेन्डर येरी मिनाले निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा हेडिङमार्फत गोल गरेपछि खेल नाटकीय रुपमा अघि बढ्यो । पराजयको निकट रहेको कोलम्बियालाई मिनाले उकासेपछि खेल अतिरिक्त समयमा पुग्यो । तर, अत्तिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको थियो ।

दोस्रोमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले गोल गर्दा खेल टाइब्रकेरमा २–२ को बराबरी भएको थियो । तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोके ।

कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लाग्यो । इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए । कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...