Saturday 19th July 2025

‘भगौडा’ को भडाँस


फकिरसशस्त्र जनयुद्धताका हाम्रो गाँउतिर एउटा शब्द निकै प्रचलित थियो।भगौडा जसको अर्थ भाग्नु मात्र हुन्थेन

आत्मसमर्पण गरेको हरूवा चरूवा, निरिह, कायर, पलायनवादी जस्ता अनेकन आरोपमा मुछिएको व्यक्ति भनेर बुझिन्थ्यो

खासगरी सेना अथवाप्रहरीमा जागिर खान गएका अथवा जनमुक्ति सेना ( माओवादी ) मा जंगल पसेका तर तालिमको दौरानमा कठोर यातनादायि दैनिकीसहन नसकेर तालिम अवधिमै भागेर गाँउ फर्कि आएका युवाहरूप्रति लक्षित थियो यो शब्द १२ बर्षे कहालिलाग्दो युद्धले प्रचण्ड, बाबुराम, बादल, बर्षमान मात्र जन्माएको थिएन नयाँ शब्द पनि जन्माएको थियो

भगौडा 

यस्ता भगौडाहरू कि माओवादीले मानसिक वा भौतिकटर्चरदिई जागिर वा तालिमको बिचैमा भागेर गाँउ पसेका सेना पुलिस हुन्थे किसेना पुलिसको बुटको प्रहार सहन नसकेर जंगल पसेकामाओवादीहुन्थे जनयुद्ध सकिएको, देशमा संघिय लोकतान्त्रिक गणतन्त्रआएको जंगलको बिल्ली शहरको सेर भैसकेको बर्षौंपछी यो प्रसंग किन उप्काई रहेछु भन्ने खुल्दुली तपाई पाठकहरूको हुनसक्छ यो स्वभाविक खुल्दुली हो त्यसैले उहिले छापा पत्रिकामा आर्टिकलको नाम दिएर बाक्लै यस्ता वाईयात लेखिरहने लामोसमयपछी ईन्टरनेटको माध्यमबाट चल्ने यो विधुतिय माध्यममा केहीवाईयातहरू लेख्न तम्सिरहेको छु

देश छोडेर हिँडेको शैलि वाक्राईटेरियाहरू भगौडाको जस्तो भए भएनन् तर नेपाल छोडेर परदेश आएको तिन महिना बित्दा नबित्दैएक फरक प्रसंगले फेसबुकमा कमेण्ट गर्ने क्रममा मेरा एकजना सहकर्मी ( पत्रकार ) मित्रले लेखे – ‘फर्कदा अब देश बनाउने गरि आउनु मित्रले माने पनि, नमानेपनि अथवा मैले त्यस्तो भन्न खोजेको होईन यार ! भनेपनि उनको घुमाउरो उभिव्यक्ति थियो मुला भगौडा होस् के ठूलो कुरा गर्छस् !

हुन मलाई घर बनाउनु , समाज बनाउनु , देशनै आफ्नै एकथान जिन्दगीजिन्दगी जस्तो बनाउँन नसक्ने देशबनाउनु मेरो बुताको कुरो होईन सानामा मकैको खोयाको घर बनाउन जस्तो सजिलो साँच्चिको घर बनाउन वा देश बनाउँन हुँदैन भन्नेदिव्य ज्ञान  मलाई तिनै सहकर्मी मित्रहरूले नै दिएका हुन्

तर, यसो सोचेर ल्याउँदा हामी ( जो ४० लाख नेपाली विश्व बजारमा श्रमरत छन् ) साच्चिकै भगौडैं रहेछौं कि क्या हो जस्तो पनि लाग्छ 

हो भागेकै हुँ ति मित्रहरूबाट जो सँगै रक्सी खान एउटै टेबलमा बस्छन् पैसा तिर्ने बेलामा खुद् भाग्छन् हो भागेकै हुँ त्योसमाजबाट जुन समाजमा स्वास्नीको कमाई खानु देशको काट्टो खानु सरह हुन्छ वा नामर्दको पराकाष्ठ हुन्छ हो भागेकै हुँ त्यो देशबाट जुन  देशमा लाश पनि पार्टीको हुन्छ/मलामी चिता घाट पनि राजनितिक आस्था ब्याक ग्राउण्ड हेरेर तय गरिन्छ

आखिर भाग्नुको बिकल्प के ? नभाग्नुको अर्थ भनेको बस्न सक्नु होला सायद तर, नेपालमा बस्न वा बस्न सक्न नेपाली मन, ठाडोशिर, उचोँ छाती नझुक्ने स्वाभिमान भएर नपुग्दो रहेछ देशको हिमाल हेरेर, खोलाको कलकल सुनेर, चराको चिरबिरले मात्र पनि मनलाई अनि सिंगो जिवनकाललाई एकै ठाउँमा अड्याई राख्दो रहेनछ

देशको शासन सत्ताले, बागडोर सम्हालेका नेत्तृवले, राज्यव्यवस्थाले, समाजको दृष्टिकोणले अथवा बैंकबाट कर्जा तिर्न आउनु भन्दै गर्ने ताकेता केट्केटीको स्कुलको फि लेखिएको बिललेमलाई/हामीलाई भगौडा बनायो

मान्छेलाई भाग्यले लखेटीरहेको बेलामा देख्दा सोच्दा सामान्य लाग्ने देशको राज्यब्यवस्था र कागजी बिलले भर्पाइदेखी पनि मान्छे डराउँदो रहेछ/ भाग्दो रहेछ

जसरी युद्धकालिन अवस्थामा जागीरे जीवनबाट भागेर घर आउने सिपाहीहरूलाई भाग्नुको कारण गुप्त कुरा नसोधी, नबुझी वा अन्दाजनगरि समाजलेभगौडाको ट्याग भिराईदिन्थ्यो ठ्याक्कै त्यसै गरि अहिले बिभिन्न परिस्थितिमा देश छोडेर बिदेश आएकाहरूलाई त्यही समाज त्यहीभगौडाको ट्याग भिराईदिन उद्धत

समय क्रमले जति फन्को मारे पनि हाम्रो बुझाई चेतनास्तर टस को मस भएको छैन फरक के मात्र हो भने पचासको दशकमा युवाहरू देशबाट देशमै भाग्दथे अहिले देशबाट परदेश भागिरहेका छन वल्लो जिल्ला वाशहरबाट पल्लो जिल्ला वा गाँउ भाग्ने चलन वल्लो देश पल्लो देशमा विस्तारित भयो बस  

हुन सरकारको ड्रयरमासमृद्ध नेपाल सुखी नेपालीको स्लोगन,चुलाचुलामा ग्यास, पानिजहाज, चुच्चा थुतुनो भएको रेलको सपना र कसैले आँशु खसाल्न पर्दैन शिर्षकका कविताको पाण्डुलिपि सिवाय अरू के नै होला ! यद्यपि, यो समाजले भन्ने गरेकोभगौडाहरूकोतथ्यांक त्यहाँ भईदिएको भए स्पष्ट देखिन्थ्यो कि अहिले करिब चालीस लाख भन्दा धेरै नेपालीहरू समाज यो सरकारको दपेट्याईँ खप्न नसकेर देशबाट भागेका छन्

जसमध्य दशमलव ७५ प्रतिशत अर्थात ७० हजार ( गैरकानुनी बाहेक ) नेपाली अहिले बसेको देशमा बस्छन् उनिहरूले सरदर ३५ करोड नेपाली रूपैयाँ मासिक रूपमा नेपाल पठाउँछन् जसलाई तपाईहरूभगौडा रेमिट्यान्स्भन्नसक्नुहुन्छ  

भगौडाहरूको रेमिट्यान्सले नै देशको अर्थतन्र भरथेग थेगिरहेको नत्र चप्पल लगाएर घरबाट शहर छिरेका केपिवली वा फाटेको कमिज लगाएर जंगलबाट काठमाण्डौं पसेका प्रचण्डहरू उनका आसेपासेहरू रूघा लाग्दा चेकअप गराउन युरोप अमेरिका पुग्न सक्ने हैसियतका हुँदैनथें

जुन देशमा देशको नागरिक भएको प्रमाण पत्र नागरिकता बनाउदेखी मरेको मान्छेको मृत्यु दर्ता गर्न सिडियो कार्यालयको ढोकाबाट पंजिकाधिकारीको ढोकासम्म च्या खर्च ( घुस भनेनि भन्नुस् ) बुझाउनुपर्छ त्यो देशबाट नभागेर के गर्नु ? जुन देशमा दमको ओखती पाईदैनतर भियग्रा सजिलै पाईन्छ त्यो देशबाट नभागेर के गर्नु ? जुन देशको न्यायलय लाई एउटा छोटेमोटे लेखन्दास् खल्तीमा हालेर सिंहदरबारको वरिपरी घुम्छ त्यो देशबाट नभागेर के गर्नु ? भन्नुस् नभागेर के गर्नु

कृषिप्रधान देश हो जल, जंगल, जमिन सम्भावनाहरू प्रशस्तै छन् नि भन्ने तर्क पनि रहला युवाहरू घरको भकारो सोर्न लाज मान्ने बिदेशमा गोराहरूको पाईखान सफा गर्न नलजाउने अर्को तर्क रहला

परन्तु, समयमा मल, बिउ, औषधोपचार उत्पादित माल बस्तुको सम्मानजनक मूल्य स्वदेशमै पाईने भए समुन्द्रले हुत्याएर ल्याएको बालुवामा धनिया उमार्न सयकडा  प्रतिशतको ब्याजमा रृण लिएर कोही युवा खाडी उड्दैनथ्यो
पाईखाना सफा गरि महिनाभरी गुँहु सुँघेर समयमा श्रम अनुशारको तलब सुविधा सुँघ्न पाईने भए कोही युवास्टुडेण्ट भिषाको बुँई चढेर जापान अष्ट्रेलियामा पश्चिमाहरूको जुठो थाल माझ्न आफन्तको अंगालोबाट भाग्दैनथ्यो भगौडाहरूको पनिभिजनहुन्छ !

निश्चय नै अनेकन् प्रत्यक्ष एंवम अप्रत्यक्ष वा मूक अमूक चिजले लखेटेपछी मान्छे जरूर भाग्छ भागेर कहाँ पुग्छु आँकलन वा पूर्वानुमान नगरिनै भाग्छ जसरी मेरो बा बर्षौंअघि गाउँबाट शहर भागेथे अनि महिनाअघि शहरबाट परदेश भागेँ मेरो छोरो पनि भाग्न ठिक्क परेको यो भाग्ने श्रृंखला पुस्तान्तर चलेकै

जब हाम्रो शरिरबाट भाग्ने जोस तागत पनि भाग्छ त्यो दिन हामीहरूको घरको चुलोमा आगो बल्दैन, भात उम्लिदैन मनमा चरम निराशा बल्छ, क्रोध उम्लन्छ जसको उद्गमविन्दु कि समाज हुन्छ कि सरकार

अनि यतिबेला भाग्नु नियति नै बनेको यद्यपि कही फाट्टफुट्ट लहड, देखीसिकी वा देश पनि हेरौं मुख पनि फेरौन भन्नेहरूको अलिकझुण्ड पनि तथापी अधिकांश नेपाली युवाहरूलाई नियतीले बाटो लगाई दिएको बचेखुचेकालाई समाजले, संगतीले, सरकारले वा यस्तै अरू चिजले लखेटेको हो

नत्र अंगालोको स्वास्नि हापेर, काखको बालबच्चा हापेर, घरगाउँको माया हापेर त्यो भन्दा बढी त थानको थान सपना हापेर बदलामा सिर्फ देशको नामको एकथान राहदानी च्यापेर न्याहुरो मुख लगाई कोही परदेश भाग्दैनथ्यो

मैले माथी पनि भनिसकेँ कि देशमा टिक्न अथवा अड्डीराख्न छातिभित्र देशको माया वा स्वाभिमान सगरमाथाजति अग्लो मात्र भएर पुग्दैन संकल्प विश्वास बलियो भएर पनि काफी छैन घर, गाँउ, समाज देशले हरेक पाईला पाईलामा हान्ने लात्ति सहने हुत्ति हुनुपर्छ नेता वा उम्मेद्ववारले जुन चुनाव चिन्हमा छाप लगाएर ढ्वागंमा खसाल भन्यो उसैकोएस्म्यान हुने आदत हुनुपर्छ

कि कम्युनिष्ट हुनुपर्छ कि कांग्रेस हुनुपर्छ कि अरूको खुशीलाई मार्न सक्नुपर्छ कि आफ्नो खुशीलाई भूल्न सक्नुपर्छ अन्यथा मेरो उमेर समूहको अथवा बिशेष गरेर युवा पुस्तालाई देशमा टिकिराख्न मुस्किल मात्र छैन असम्भवप्राय

अहिले पनि चिया दोकानमा बिहानदेखी साँझसम्मै सामाज, देश, राजनिति, साहित्य, धर्म, परम्परा, बेतिथिबारे भएभरको गफ लगाएर अन्तिममा तिन कप चियाको पैसा उधारो राखेर घर फर्कनेको जमात सानो छैन नेपालमा जो यो जमातबाट अलि पर निस्कन खोज्छ भगौडा भैहाल्छ देश छोडेर बिदेश भाग्ने पलायनवादी कहलिईहाल्छ  

कतिपय बुज्रुक, अति बुज्रुक साथी तथा उपसाथीहरूले यि कुरा सन्दर्भहरूलाई खाली एक भगौडा पूर्व पत्रकारको, अराजक लेखक भनौदाको, स्वतन्त्र नागरिक भनि टोपल्नेको समग्रमा एक भगौडाले केहि सिप नलागेर देशप्रति, समाजमाथी, शासनसत्तामाथी, राज्यव्यवस्थामाथी शब्दको सहायताले पोखेको मनको भडाँस मात्र ठान्नुहुन्छ होला ठान्नुस् चैं अन्यथा ठान्दै ठान्दिन

आदर्शको कुरा गरेर, परिवर्तनको कविता भनेर,सिर्जनशिल समचार लेखेर मेरो चैं घरको चुलो बलेन अनि भगैडाभएँ भन्नुस् तपाईहरूको घरको चुलो चाहिं कसरी बलिरहेको  ?


सम्बन्धित शीर्षकहरु

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

प्रतिकृयाहरू
...