##गजल##
मन भरी पीर चिन्ता आँखामा टिल्पिल पानी थियो।
 एउटा हातमा झोला अर्को हातमा राहदानी थियो।
कसलाई रहर हुन्छ र आफ्नो मातृभूमि छोडेर जाने
 मेरो आफ्नै बाध्यता अनि गरीबीको काहानी थियोे।
मैले आफ्नो जिन्दगीलाई कहिलै पनि ख्याल गरीन
 मेरो पनि त खाउँ,खाउँ लाउँ,लाउँ भन्ने जवानी थियो।
खै के बताउ तिमीलाई ति अतितका कथा ब्यथाहरु
 भो सम्झिन्न चाहन्न कहाली लाग्दो जिन्दगानी थियो।
गर्न पनि धनको घमण्ड कति सम्म गर्छन मान्छेहरु
 आखिर मरेर जाँदा केही थिएन मात्र खरानी थियो।
सृजना पान्डे (सिरु)
 चितवन
 हाल – नेपाल बाहिर