Monday 13th October 2025

प्रवासी नेपाली एकता मञ्च ओमानको बैठक सम्पन्न


तितोपाटी – प्रवासी नेपाली एकता मञ्च ओमानले भिडियो कन्फरेन्सबाट बैठक सम्पन्न गरेको छ ।

बैठकमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ओमानमा कार्यरत नेपालीको समस्या लगायत हालै नेपालको नयाँ नक्सा आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेको विषयमा गम्भीरतापूर्वक छलफल भएको प्रवक्ता पुर्ण पहाडीले बताएका छन ।

प्रवासी नेपाली एकता मञ्च ओमानले नेपाल सरकारद्वारा नेपालको नयाँ नक्सा आधिकारिक रूपमा सार्वजनिक गरेको कार्यको स्वागत गरेको छ । साथै यो निर्णयलाई यथाशीघ्र कुटनैतिक संवादबाट कार्यान्वयन गर्न र कालापानीमा रहेका भारतीय सैनिकलाई अविलम्ब फिर्ता गरेर हाल भारतीय पक्षद्वारा अतिक्रमित नेपाली भुमिमा नेपाली झण्डा फहराउन माग गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...