Sunday 26th October 2025

२-० को अग्रतामा रहेको जापान वेल्जियमसँग अन्तिममा ३-२ ले पराजित


तितोपाटी – दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै जापानलाई ३–२ गोल अन्तरले हराएको छ र विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले फेलिनी र नासेर चाड्ली सब्सिच्युडका रुपमा ६५ औं मिनेटमा मैदान प्रवेश गर्दा जापानले दुई गोलको अग्रता लिएको थियो । तर, उत्कृष्ट पुनरागमन गरेको बेल्जियमका फेलिनीले बराबरी गोल गर्दा चाड्लीले इन्जुरी टाइममा गोल गर्दै टिमलाई जित दिलाएका छन् ।

अब उसले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग खेल्नेछ ।

रोस्तोभमा भएको खेलमा जापानले दोस्रो हाफको सुरुमा नै गोल गरेको थियो । खेलको ४८ औं मिनेटमा जेन्की हारागुचीको गोलबाट अग्रता लिएको जापानका ताकासी इनवीले चार मिनेटपछि नै गोल गरेपछि विश्वकपमा अर्को रोमाञ्चक जित हात पार्ने अनुमान गरिएको थियो ।

गोल्डेन जेनेरेशन भनिएको बेल्जियमका दुई स्टार लुकाकु र हजार्डको प्रदर्शन सन्तोषजनक थिएन । तर, प्रशिक्षक रोबर्ट मार्टिनेजले फेलिनी र चाड्लीलाई मैदान प्रवेश गराएपछि खेलको अवस्था फेरियो ।

जान भेर्टोनगेनले ६९ औं मिनेटमा बेल्जियमका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटपछि नै इडेन हजार्डको पासमा फेलिनीले बराबरी गोल गरेका हुन् ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि दिइएको इन्जुरी टाइम सकिनै लाग्दै चोड्लीले थोमस मुनिरको पासमा गोल गर्दै विश्वकपमा अर्को अप्रत्यासित हारको शिकार हुनबाट बेल्जियमलाई जोगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...