Friday 17th July 2026

कविताः घर जान पाउँला कि भनेर


इच्छा कसलाइ थियो हजुर
जान परदेश बिरानो हात समाइ ।
जग्गा जमीन घरखेत सबै
साहुको हातमा थमाइ ।।

घरमा बृद्ध आमा-बुवा
जिवनसंगी काख दुधे बालक ।
छोडी पुगें खाडी मुलुक हजुर
जागिर ट्रेलर चालक ।।

कतिखाएँ हन्डर ठक्कर छैन लेखाजोखा ।
म जस्तै छन् धेरै यहाँ दुखि नाङ्गा भोका ।।

कोहि हेर बिना भिसा कोहि छन् त जेलमा ।
म पनि त बग्न पुगें बैदेशिक रोजगारीको भेलमा ।।

आज भन्दै भोलि भन्दै बित्यो ३ वर्ष ।
आफ्नो जन्मभूमि फिर्ने बहुत थियो हर्ष ‌।।

फर्किने दिन पक्का भयो सबैे ठिक्क पारें ।
कोभिड भन्ने बेइमान आयो भन्ने खबर पाएं।।

लकडाउन छ यता पनि दुःखी हुदै हुदै ।
अहिले म छु परदेशमै बस्छु रुदै रुदै ।।

लकडाउन को दिन गन्ति गरेर ।
घर जान पाउँला कि भनेर ।।
हजुर घरजान पाउँला कि भनेर ।।।

रचनाकारः राम भण्डारी


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

प्रतिकृयाहरू
...