Wednesday 14th May 2025

नेपालमा थप ९ जना सहित कोरोना संक्रमितको संख्या २७६ पुग्यो


तितोपाटी – नेपालमा कोरोना भाइरस (कोभिड – १९) बाट थप ९ जना सहित संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मात्रै नेपालका विभिन्न जिल्ला बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरूमा बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिला रहेका छन ।

आज कोरोना संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमित २७६ जना मध्य हालसम्म ३६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...