Thursday 10th September 2026

विदेशमा रहेका नेपालीलाइ प्राथमिकताका आधारमा स्वदेश फर्काउने सरकारको तयारी


तितोपाटी – नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। कोरोना संक्रमित मुलुकसहित सबैतिरबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको छ। हजारौंको संख्याका नेपालीले स्वदेश फर्कने इच्छा गरेकोले सबै प्रदेशमा ठूलो संख्यामा क्वारेन्टाइन ब्यवस्थापन गर्नु पर्ने देखिएको छ।

कुवेतले करिब तीन हजार नेपालीलाई काठमाडौं ल्याउन लागेपछि उनीहरूको ब्यवस्थापनका विषयमा सरकारले छलफल चलाएको छ। कुवेतले नेपाली फर्काउन प्रक्रिया अघि बढाए लगत्तै साउदी अरब र युनाईटेड अरब इमिरेट्स (युएई) ले पनि आममाफी कार्यक्रम ल्याएका छन्। तत्काल फिर्ता प्रक्रियाका लागि उनीहरू त्यतातर्फ अग्रसर भएका हुन्। अवैध कामदार फर्काउन युएईले यसअघि नै सूचना जारी गरेको थियो।

सबै मुलुकबाट नेपालीलाई स्वदेश ल्याउनु पर्ने अवस्था बनेपछि ब्यवस्थापनका लागि अर्थ, उद्योग, श्रम, स्वास्थ्य र पर्यटन मन्त्रालयले छलफल थालेका छन्। विदेशबाट ल्याइने हजारौंलाई कसरी ब्यवस्थापन गर्ने भन्नेमा अन्यौल छ। स्थानीय तह, प्रदेश र संघ कहाँ कसरी कसरी राख्ने भन्ने विषयमा तय भएपछि मात्र सरकारले विदेशमा रहेका नागरिकलाइ स्वदेश फर्काउने तयारी गर्दैछ । यसै बिच नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेश स्थित नेपालीहरू कार्यरत मुलुकका नेपाली नियोगका प्रमुखहरू तथा त्यहाँ स्थित पत्रकार महासंघका प्रमुखहरूसँग भिडियो कन्फरेन्समार्फत ति देशमा रहेका नेपाली नागरिकको अबस्थाबारे बुझेर सरकारले छिट्टै नै विदेशमा फसेका अाफ्ना नागरिकलाइ स्वदेश फर्काउन लागेको बताएका छन् ।

विदेशी मुलुकले नेपालबाट आफ्ना नागरिक धमाधम फिर्ता लगेकोले नेपाल सरकारले पनि आफ्ना नागरिकहरूलाइ पनि छिटो भन्दा छिटो स्वदेश  फर्काउने विषयमा विदेश स्थित नेपाली नियोगहरूले परराष्ट्र मन्त्रालयलाई लिखित जानकारी गराइसकेका छन् ।

विश्वका दुई सय भन्दा बढी मुलुकमा नेपाली छन्। अधिकांश नेपाली युवा मलेसिया, कतार, साउदी अरब, युएई, कुवेत, बरहराइन, ओमन, लेबनन, इजरायल, अफगानिस्तान, जापान, दक्षिण कोरिया लगायतमा बस्छन्। सन् १९८५ मा वैदेशिक रोजगारी ऐन आएपछि नेपाली भारत बाहेकका मुलुकमा जाने क्रम सुरु भएपनि सन १९९० पछि बढी विदेसिएका हुन्।

 


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...