Wednesday 14th January 2026

कुवेतमा आज पनि ६ नेपाली सहित ३६४ जना कोरोना संक्रमित, ५ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना भाइरसबाट आजसम्ममा ८४ जना नेपाली संक्रमित भएका छन । पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ५ जना सहित अहिले सम्ममा मृत्युु हुनेको संख्या ३८ पुगेको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४६ वर्षीय बङ्गाली नागरिक, ४३ र ६३ वर्षिय इन्डियन नागरिक, ६१ वर्षिय पाकिस्तानी नागरिक र ५४ वर्षिय जोर्डनी नागरिक रेहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा ४,९८३ जना कोरोना संक्रमित मध्ये अहिले सम्म १,७७६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरसबाट  संक्रमित ३,१६९ जना विभिन्न अस्पतालमा उपचाररत छन भने ७२ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेत आप्रवासी कामदारमा बढी कोरोना भाइसको संक्रमण फैलिएको छ ।

तस्बिर – अरब टाइम्स कुवेत


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...