Friday 11th September 2026

समाजवादी र राजपाबीच एकीकरण, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’


तितोपाटी- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो ।

सरकारले पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एक ठाउँमा ४० प्रतिशत सदस्य भए पार्टी विभाजन गर्न सकिनेगरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच एकीकरण भएको हो ।
पार्टी एकता समानताको आधारमा गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ । त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने छ।
एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा भएको हुने छ भने चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले मन्त्रिपरिषद् बैठक र पार्टीको सचिवालय बैठकमा राजपा र समाजवादी पार्टीलाई संकेत गर्दै आवश्यकताको आधारमा अध्यादेश ल्याउनुपरेको बताएका थिए । त्यसलगत्तै पार्टी फुटलाई रोक्नका लागि दुई पार्टीबीच एकता भएको हो ।
एकतालाई अन्तिम रुप दिन बुधबार साँझ दुवै पार्टीको बैठक बसेको थियो । राजपाका तर्फबाट अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महासचिव केशव झा बैठकमा सहभागी थिए भने समाजवादीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए।
प्रतिनिधिसभामा राजपा र समाजवादी दुवैको १७/१७ र राष्ट्रियसभामा राजपाका २ र समाजवादीको १ सिट छ । प्रदेश २ मा सरकारमा रहेका समाजवादीको ३० र राजपाको २५ सिट रहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...