Monday 26th October 2026

कुवेतमा रक्त क्यान्सर उपचाररत नुवाकोटकी सोनी तामाङको मृत्यु


हरि कृष्ण न्यौपाने- मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको आज अप्रिल ९ तारिक बिहिबार,२०२० का दिन मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर भएको पत्ता लागेको थियो।करिब ५ दिन पहिले कुवेतको सुयेख क्यान्सर अस्पताल पुर्याइएकी सोनीको उपचारकै क्रममा मृत्यु भएको हो।
नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने “राहदानी नं- ११०५६१८८ कि सोनी तामाङको रक्त क्यान्सरका कारणले अस्पतालमा उपचार गराइरहेको अबस्थामा आज मृत्यु भएको पुष्टि भएको छ। उनी कुवेतको इकोभर्ट एफ एम क्लिनिङ कम्पनिमा काम गर्न डिसेम्बर २०१९ मा (४ महिना पहिले मात्र)कुवेत आएकी हुन।” उनले थपे “दूताबासले अस्पताल र संबन्धित निकायहरु, कम्पनी अनि परिवार संग सम्पर्क गरि कानुनी प्रकृयाहरु शुरु गर्ने छ।”
मृतक सोनी तामाङको घरमा श्रीमान बाल सिहं तामाङ, एक छोरी र एक छोरा रहेको बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...