Wednesday 19th August 2026

कुवेतमा रक्त क्यान्सर उपचाररत नुवाकोटकी सोनी तामाङको मृत्यु


हरि कृष्ण न्यौपाने- मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको आज अप्रिल ९ तारिक बिहिबार,२०२० का दिन मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर भएको पत्ता लागेको थियो।करिब ५ दिन पहिले कुवेतको सुयेख क्यान्सर अस्पताल पुर्याइएकी सोनीको उपचारकै क्रममा मृत्यु भएको हो।
नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने “राहदानी नं- ११०५६१८८ कि सोनी तामाङको रक्त क्यान्सरका कारणले अस्पतालमा उपचार गराइरहेको अबस्थामा आज मृत्यु भएको पुष्टि भएको छ। उनी कुवेतको इकोभर्ट एफ एम क्लिनिङ कम्पनिमा काम गर्न डिसेम्बर २०१९ मा (४ महिना पहिले मात्र)कुवेत आएकी हुन।” उनले थपे “दूताबासले अस्पताल र संबन्धित निकायहरु, कम्पनी अनि परिवार संग सम्पर्क गरि कानुनी प्रकृयाहरु शुरु गर्ने छ।”
मृतक सोनी तामाङको घरमा श्रीमान बाल सिहं तामाङ, एक छोरी र एक छोरा रहेको बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...