Monday 15th December 2025

झरीसँगै बाढीको जोखिम, कुन कुन नदी आसपासमा छ खतरा


देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेकाले बाढीको खतरा हुने भन्दै सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

सोमबार पूर्वदेखि पश्चिमका चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोला, विनयखोला, बाणगङ्गा, पश्चिम राप्ती, बबई, मोहन, मछेलीसहितका नदी तथा खोलामा बाढीको खतरा छ ।

बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा पनि सचेत हुनु पर्ने देखिएको छ । मंगलबार बिहानैसम्म सचेत हुन आग्रह गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश सेनाले भनेको छ कि सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईमा रहेको संयुक्त राष्ट्रसंघको बेसमा भएको "आतंकवादी" आक्रमणमा…

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

प्रतिकृयाहरू
...