Tuesday 16th December 2025

भारत प्रशासित कश्मीरमा भीषण बाढी


तितोपाटी – भारत प्रशासित कश्मीर भीषण वर्षापछि बाढीले डुबानमा परेको छ । यहाँका नदी र खोलामा पानीको स्तर खतराको तहभन्दा माथि रहेको छ ।
उद्धारका लागि राज्यका सम्पूर्ण यन्त्र तयारी अवस्थामा राखिएको जम्मु एवं कश्मीरका राज्यपाल एन.एन. बोहराले जानकारी दिएका छन् । विभिन्न ठाउँमा संकटकाल घोषणा गरिएको छ ।

संगम, राम मुन्शीबाग र आशम क्षेत्रमा जलस्तर निकै खतरनाक भएको बताइएको छ । झेलम नदी र उसका सहायक नदीमा निकै शक्तिशाली बाढी आएपछि राज्यपालले त्यहाँका अधिकारीलाई सतर्क अवस्थामा रहन निर्देशन दिएका छन् ।

राज्यभर शनिवार सम्पूर्ण शैक्षिक संस्था बन्द्य गरिएका थिए । श्रीनगर, अनन्तनाग, पुलवामा, कुलगामक्षेत्रका बान्दिालाई अन्यत्र सारिएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...