Monday 10th August 2026

भारत प्रशासित कश्मीरमा भीषण बाढी


तितोपाटी – भारत प्रशासित कश्मीर भीषण वर्षापछि बाढीले डुबानमा परेको छ । यहाँका नदी र खोलामा पानीको स्तर खतराको तहभन्दा माथि रहेको छ ।
उद्धारका लागि राज्यका सम्पूर्ण यन्त्र तयारी अवस्थामा राखिएको जम्मु एवं कश्मीरका राज्यपाल एन.एन. बोहराले जानकारी दिएका छन् । विभिन्न ठाउँमा संकटकाल घोषणा गरिएको छ ।

संगम, राम मुन्शीबाग र आशम क्षेत्रमा जलस्तर निकै खतरनाक भएको बताइएको छ । झेलम नदी र उसका सहायक नदीमा निकै शक्तिशाली बाढी आएपछि राज्यपालले त्यहाँका अधिकारीलाई सतर्क अवस्थामा रहन निर्देशन दिएका छन् ।

राज्यभर शनिवार सम्पूर्ण शैक्षिक संस्था बन्द्य गरिएका थिए । श्रीनगर, अनन्तनाग, पुलवामा, कुलगामक्षेत्रका बान्दिालाई अन्यत्र सारिएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

प्रतिकृयाहरू
...