Monday 14th September 2026

रूसको भाग्य बलियो, स्पेन विश्वकपबाट बाहिरियो


तितोपाटी – सन् २०१० को विश्वकप विजेता स्पेन रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । ९० मिनेट र थपिएको ३० मिनेटमा रुससँग १–१ बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पेनले पेनाल्टी मिस गर्दा रुस ४-३ले विजयी भएको हो ।

आयोजक रुसले ९० मिनेटसम्म स्पेनलाई १–१ को बराबरीमा रोकेको थियो । खेलमा स्पेनको अग्रतालाई रुसले ४१ मिनेटमा रोकेपछि ९० मिनेटसम्म कतैबाट गोल हुन सकेन । १२ औँ मिनेटमा आत्माघाती गोल गरेको रुसले ४१ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै १–१ को बराबरी बनाएको थियो। रुसको डि बक्सभित्र स्पेनका डिफेन्डर जेरार्ड पिकेले ह्यान्ड गरेपछि रुसले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई रुसका आर्टिम ज्युवाले सुन्दर गोलमा परिणत गरेका थिए।

यसअघि सर्गी इग्नासेभिचले स्पेनका आसेन्सियोले प्रहार गरेको प्रिकिकको बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो। रुसले स्पेनका खेलाडीलाई डी बक्स नजिकै लडाएपछि १२ मिनेटमा फ्रिकिक पाएको थियो।

घरेलु दर्शकको ठूलो साथ पाएको आयोजक रुसले दोस्रो हाफमा भने त्यति प्रभावशाली प्रदर्शन गर्न सकेन। ७० प्रतिशतभन्दा बढी बल स्पेनिस खेलाडीको खुट्टामा रहँदा रुसले गोल गर्ने अवसर सिर्जना गर्न सकेन। तर त्यसको विपरीत विपक्षी पोस्टमा लगातार आक्रमण बुने पनि सन् २०१० को विश्वकप विजेता स्पेनले गोल गर्न सकेन।

आइतबार राति भएको प्रिक्वार्टरफाइनल खेल अघि स्पेन र रुस ६ पटक आमनेसामने भएका थिए। ६ खेलमध्ये स्पेनले चार खेलमा जित हात पारेको थियो भने दुई खेल बराबरी भएको थियो। विगतका प्रतिस्पर्धामा रुसले पराजित गर्न नसकेकाले उच्च मनोबल लिएर मैदान उत्रिएको स्पेनले विगतको प्रदर्शनलाई भने दोहोर्या‍उन सकेन।

रुस उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै चर्चामा आएको टिम हो। दोस्रो खेलमा इजिप्टलाई ३-१ ले पराजित गर्दै दुई खेलबाट ६ अंक जोडेको रुस एक खेल खेल्न बाँकी हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो।
यद्यपी अन्तिम खेलमा उरुग्वेसँग पराजित हुँदै रुस समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। अन्तिम १६ मा समूह बीको विजेता स्पेनसँग भेट पक्का गरेको हो।

स्पेन सन् २०१० विश्वकप विजेता हो। रुस विश्वकपको पहिलो खेलमा पोर्चुगलसँग ३-३ बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानलाई १० ले पराजित गरेको थियो। तेस्रो खेलमा भने मोरक्कोसँग २-२ को बराबरी खेल्दै समूह बीको स्पेन समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...