Tuesday 13th October 2026

सार्क राष्ट्रबीच आज भिडियो कन्फ्रेन्स


तितोपाटी- विश्वलाई आतङ्कित पार्दै गएको कोरोना भाइरससँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज (२ चैत)मा भिडियो कन्फ्रेन्स गर्ने भएको छ ।

कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत् समाधानका उपाय खोज्नेछन् । आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो। सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा प्रत्यक्ष प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा छलफल गर्ने बताइएको छ ।
भारतका प्रधानमन्त्री मोदीको प्रस्तावअनुसार सबै सार्क राष्ट्र प्रमुखहरूले भिडियो कन्फ्रेन्समा सहभागिता जनाउनेछन् ।
सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस नियन्त्रणका लागि डिजिटल सञ्जाल ट्विटरबाट प्रतिवद्धता जनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...