Saturday 3rd January 2026

कालो चिया पिउनुका फाइदाहरू


तितोपाटी – शरीरलाई स्वस्थ राख्नको लागि कालो चियाले मद्यत गर्छ । मानिसहरुले कालो चियाको सेवन गर्न हिचकिचाउने गर्छन् तर यो स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।

कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । त्यस्तै कतिपयले कालो चियालाई तौल घटाउने माध्यमको रुपमा लिने भएपनि यसले वास्तवमा तौल भने घटाउँदैन ।

कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्ने एक अनुसन्धानमा पाइएको छ । यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनका अनुसार यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।

कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र यसले भिटामीन सी को प्रभावकारीतामा बृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ । यसले मुटसँग सम्बन्धीत अन्य रोगहरुलाई पनि कम गर्ने सो अध्ययनले देखाएको छ ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...