Monday 29th December 2025

विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा कोरोना संक्रमणको महामारी घोषणा


तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले आफूहरूको गम्भीर चासो र चिन्ता रहेको समेत उल्लेख गरेका छन्।

‘विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनुपर्ने देखिन्छ,’ उनले भनेका छन्।

कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ। इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिएको छ। एजेन्सी


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...