Tuesday 17th June 2025

लगातार दोस्रो पटक नेपालको हार


तितोपाटी-एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।

थाइल्यान्डमा जारी प्रतियोगितामा आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। १५५ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ११ रन मात्रै बनाउन सक्यो।

राम्रो सुरुवात गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल मल्ललाई गुमाएपछि विकेट पतन सुरु भएको थियो। ४.४ ओभरमा ४२ रन बनाउँदा कुशल व्यक्तिगत १९ रनमा आउट भए।नेपालका लागि सर्वाधिक स्कोर कप्तान ज्ञानेन्द्र मल्लको रह्यो। उनले ४३ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए। त्यस्तै, अविनाश बोहराले १२ र आरिफ शेखले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। नेपाली ब्याट्सम्यानलाई सस्तैमा समेट्न हङकङका हरोन मोहम्मद अर्सदले ५ विकेट लिए। त्यस्तै, अफ्ताब हुसेनले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो। हङकङका लागि निजकात खान मोहम्मदले ४८, मोहम्मद एइजाज खानले २९, मोहम्मद अर्सदले २७ र शाहिद वासिफले २६ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सुशन भारीले समान २–२ विकेट लिए।
नेपालले पहिलो खेलमा मलेसियासँग २२ रनको हार ब्यहोरेको थियो। दोस्रो खेलमा पनि हार ब्यहोरेसँगै एसिया कप छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ।-नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म…

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको…

पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक…

प्रतिकृयाहरू
...