Tuesday 15th September 2026

लगातार दोस्रो पटक नेपालको हार


तितोपाटी-एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।

थाइल्यान्डमा जारी प्रतियोगितामा आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। १५५ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ११ रन मात्रै बनाउन सक्यो।

राम्रो सुरुवात गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल मल्ललाई गुमाएपछि विकेट पतन सुरु भएको थियो। ४.४ ओभरमा ४२ रन बनाउँदा कुशल व्यक्तिगत १९ रनमा आउट भए।नेपालका लागि सर्वाधिक स्कोर कप्तान ज्ञानेन्द्र मल्लको रह्यो। उनले ४३ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए। त्यस्तै, अविनाश बोहराले १२ र आरिफ शेखले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। नेपाली ब्याट्सम्यानलाई सस्तैमा समेट्न हङकङका हरोन मोहम्मद अर्सदले ५ विकेट लिए। त्यस्तै, अफ्ताब हुसेनले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो। हङकङका लागि निजकात खान मोहम्मदले ४८, मोहम्मद एइजाज खानले २९, मोहम्मद अर्सदले २७ र शाहिद वासिफले २६ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सुशन भारीले समान २–२ विकेट लिए।
नेपालले पहिलो खेलमा मलेसियासँग २२ रनको हार ब्यहोरेको थियो। दोस्रो खेलमा पनि हार ब्यहोरेसँगै एसिया कप छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ।-नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...