Saturday 6th June 2026

साप्ताहिक राशिफल ( असार १५-२१)


ज्योतिष पंण्डित – रामप्रसाद सिटाैला

मेष

जिम्मेवार रूपमा व्यवहार गरे स्वत: काम बन्नेछ । आम्दानी हुने व्यवसाय सञ्चालन गर्न पारिवारिक मत मिल्नेछ । सुनौलो रंगको अनुसरणले थप ऊर्जा मिल्न सक्छ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतन ल्याउनुपर्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा असहजता महसुस हुन सक्छ ।

वृष

हेलचेक्य्राइँपूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना गर्नुपर्ने हुनसक्छ । मान्यजनको सुझाव पालना गर्दा सकारात्मक बाटो पहिल्याउन सहज हुनेछ । भविष्यका निम्ति दिगो जग बसाउने कार्य सञ्चालन गर्ने अवसर जुट्न सक्छ । भोजभतेरमा विशिष्ट व्यक्तिहरूसँग परिचित हुने अवसर जुर्नेछ ।

मिथुन

प्रतिस्पर्धीहरूले छवि बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पोल्टामा हुनेछ । अध्ययनका निम्ति देखिएको दोधारे प्रवृत्ति स्वत: निष्क्रिय हुनेछ । मनमा उत्पन्न सकारात्मक विचारले नौलो प्राविधिक इलमतर्फ आकर्षित गर्नेछ । सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षाभन्दा बढी ज्ञान आर्जन गरी लाभलिन सकिनेछ ।

कर्कट

अपेक्षाअनुरूपको सफलता हात पार्न थप मेहनतको आवश्यकता छ । यथार्थतालाई आत्मसात् गर्दा आर्थिक क्षतिबाट उम्कन सहज हुनेछ । बुद्धिको सहायताले जटिल परिस्थितिको सामाना गर्न सकिनेछ । अर्काको देखासिकी गरी पहुँच तथा क्षमताले नभ्याउने काममा समय खर्चिंदा पछि परिएला । हठ गर्ने स्वभावका कारण मन पराउनेहरूसँग खटपट उत्पन्न हुनसक्छ ।

सिंह

चासो नभएको विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । रोकिएका कार्यमा दोहोर्‍याएर प्रयत्न गर्दा सफलता हात पर्नेछ । पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । सोमबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् । बलजफ्तीले काम बिग्रनेछ भने गल्ती सच्याउने प्रतिबद्धताले गुमेको प्रतिष्ठा फर्काउनेछ ।

कन्या

मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै आर्थिक अभावको अवस्था स्वत: दूर हुनेछ । सोमबारपछि टाढिएका आफन्तजनसँग भेटघाट हुनेछ, जसले मन प्रफुल्लित बनाउनेछ । करियरका लागि आत्मीय मित्रहरूसँग सुझाव लिनुपर्नेछ । भोज–भतेरमा पुराना मित्रहरूसँगको भेटले राम्रै मनोरञ्जन प्रदान गर्नेछ ।

तुला

आफूभित्रको भय उत्साहमा परिवर्तन भै समाजसेवातर्फ आकर्षित भइनेछ । लामो समयसम्म रोकिएका काम स्वत: फुकुवा हुनेछन् । प्रतिस्पर्धामा इनाम तथा सम्मानजनक स्थान प्राप्त हुनेछ । सेतो रंगको रचनात्मक प्रयोगले लाभ पुग्ने देखिन्छ । सवारी चलाउँदा विशेष ध्यान दिनुहोला ।

वृश्चिक

आफ्नो कार्य दक्षताको चौतर्फी प्रशंसा हुनेछ । चुरो कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । लगनशीलताले विविध अवसर जुटाउनेछ । मन मिल्ने साथीको सुझावमा मात्र विश्वास गरे पछि परिएला ।

धनु

विपन्नहरूसँग सहयोगीको भूमिका निर्वाह गरेर आफ्नो परिचय फराकिलो बनाउन सकिनेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । उपहारका साथ भेट्न आउनेहरूसँग सावधानी अपनाउनुहोला । बोलीमा थप प्रभाव पार्न पहेंलो रंगको अनुसरण लाभदायक सावित हुनसक्छ ।

मकर

व्यवसायमा अपेक्षाकृत सफलता हात पार्न केही समय कुर्नुपर्नेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । प्रेमी–प्रेमिकासँगको भेटघाट अविस्मरणीय हुनेछ । खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै उपयुक्त हुन्छ । मौसम प्रतिकूल हुँदा स्वास्थ्यमा ध्यान दिनुहोला ।

कुम्भ

नयाँ रोजगारी हात पार्न बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । समयलाई बेवास्ता गर्दा पछि परिनेछ । परिवारका सदस्यहरूबीच मत नमिल्दा सानातिना झन्झट आइलाग्न सक्छन् । सेतो रंगको अवलम्बनले समस्या पहिचान गर्न सहज बनाउनेछ ।

मीन

इच्छा–आकांक्षा तीव्र गतिमा बढेको अवस्था छ । आशा मारेको व्यवसायले उत्साह जगाउनेछ । मन मिल्ने साथीको स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । बुधबारपछिका दिनमा भोज–भतेरमा सहभागी हुन पाइनेछ ।


सम्बन्धित शीर्षकहरु

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने…

प्रतिकृयाहरू
...