Saturday 20th December 2025

उरूग्वेसँग २-१ ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो


तितोपाटी – पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वाटरफाईनल प्रवेस गरेको छ।

रुसको फिस्ट रङ्गशाला सोचीमा शनिबार सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई दुई एक गोलले पराजित गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानी नायक रहे। काभानीले खेलको ७ औं र ६२ औं मिनेटमा गोल गरे।

पहिलो हाफको खेलमा काभानीको गोल मार्फत एक शुन्यको अग्रता बनाएको उरुग्वे दोश्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो। पहिलो हाफमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत काभानीले गोल गरेका थिए। दोश्रो हाफमा बराबरी गोल गर्ने क्रममा पोर्चुृगलका राफेल गुइरेरोको पासमा पेपेले डि बक्स एरियाको मध्य भागबाट हेडिङ मार्फत गोल गरेका थिए।

बराबरी गोल गर्दै खेलमा फर्केको पोर्चुृगल सातौं मिनेटपछि पुनः पछि पर्यो। उरुग्वेकालागि काभानीले व्यक्तिगत दोश्रो गोल गर्ने क्रममा रोड्रिगो बेन्टानकरको सहायता लिए। त्यसछिको खेलमा पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्नबाट चुक्दा खेल उरुग्वेलाई दुई एकको नतिजामा सुम्पियो।

शनिबारको हारसँगै पोर्चुगल प्रतियोगिताबाट वाहिरिएको छ भने उरुग्वेले क्वाटरफाईनलमा फ्रान्स प्रतिद्वन्द्वी पाएको छ।
शनिबारको जितसँगै उरुग्वेको प्रतियोगितामा अपराजित यात्रा कायमै रहेको छ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...