Friday 20th February 2026

उरूग्वेसँग २-१ ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो


तितोपाटी – पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वाटरफाईनल प्रवेस गरेको छ।

रुसको फिस्ट रङ्गशाला सोचीमा शनिबार सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई दुई एक गोलले पराजित गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानी नायक रहे। काभानीले खेलको ७ औं र ६२ औं मिनेटमा गोल गरे।

पहिलो हाफको खेलमा काभानीको गोल मार्फत एक शुन्यको अग्रता बनाएको उरुग्वे दोश्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो। पहिलो हाफमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत काभानीले गोल गरेका थिए। दोश्रो हाफमा बराबरी गोल गर्ने क्रममा पोर्चुृगलका राफेल गुइरेरोको पासमा पेपेले डि बक्स एरियाको मध्य भागबाट हेडिङ मार्फत गोल गरेका थिए।

बराबरी गोल गर्दै खेलमा फर्केको पोर्चुृगल सातौं मिनेटपछि पुनः पछि पर्यो। उरुग्वेकालागि काभानीले व्यक्तिगत दोश्रो गोल गर्ने क्रममा रोड्रिगो बेन्टानकरको सहायता लिए। त्यसछिको खेलमा पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्नबाट चुक्दा खेल उरुग्वेलाई दुई एकको नतिजामा सुम्पियो।

शनिबारको हारसँगै पोर्चुगल प्रतियोगिताबाट वाहिरिएको छ भने उरुग्वेले क्वाटरफाईनलमा फ्रान्स प्रतिद्वन्द्वी पाएको छ।
शनिबारको जितसँगै उरुग्वेको प्रतियोगितामा अपराजित यात्रा कायमै रहेको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...