Friday 23rd October 2026

कुवेतमा ह्वात्तै जाडो बढ्यो


तितोपाटी- देशभर उत्तरपश्चिमी वायुको प्रभाव पर्दा कुवेतमा ह्वात्तै चिसो बढेको छ।

आज कुवेतको विभिन्न स्थानहरूमा शून्य देखी २ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ।कुवेतस्थित मौसम विभागका अनुसार निरन्तर रुपमा चलेको उत्तरपश्चिम वायुले मौसम अत्यधिक चिसो भएको बताउदै कुवेतमा अझै केही दिन जाडो हुने र मौसममा केही बदली हुदै तापक्रम बढ्दै जाने मौसम बिभागले जनाएको छ।

त्यस्तै चिसो केही दिन रहने भएकोले आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। गत १० तारीख़ सम्म १४ देखी २० डिग्री सेल्सियममा रहेको थियो भने हिजो देखी ह्वात्तै बढेको जाडो आज दिनभरी पनी मरुभूमि क्षत्रमा दुई डिग्री देखी शून्य डिग्री सेल्सियम भन्दा कम रहने पूर्वानुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...