Wednesday 9th July 2025

मागपत्रको कुनै शुल्क नबुझाउन मलेसिया दूतावासद्वारा सूचना जारी


तितोपाटी- मलेसियास्थित नेपाली दूतावासले म्यानपावर कम्पनीहरुलाई कुनै पनि शुल्क तिरेर मागपत्र नल्याउन सुझाएको छ।

मलेसिया नेपालबीच द्विपक्षीय शून्य लागतको श्रम समझदारी (एमओयु) भइसकेकाले अब कामदार छनौटदेखि घरफिर्तीसम्मको सबै खर्च रोजगारदाता स्वयंले बेहोर्ने हुँदा मागपत्रको रकम बुझाउनु नपर्ने भन्दै दूतावासले बुधबार सूचना जारी गरेको छ। पछिल्लो समय मलेसियामा अनाधिकृत व्यक्तिहरुबाट नगदी रसिद, मागपत्र, करारपत्रलगायत मागपत्र प्रमाणीकरणसम्बन्धी नक्कली कागजात बनाउनेजस्ता अनियमितता बढिरहेको पाइएपछि दूतावासले सूचना जारी गरेको हो।

हाल सम्बन्धित गन्तव्य मूलुकमा मागपत्र प्रमाणीकरणको काम दूतावास स्वयंले गर्दै आएको छ।

मागपत्र प्रमाणीकरण भएपछि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड गरिन्छ। यो सूचना म्यानपावरलाई नै आउँछ। अनलाइन प्रणालीमार्फत सबै विवरण पारदर्शी रहने हुँदा गैरकानुनी कार्यबाट टाढै रहन दूतावासले सुझाएको छ। मागपत्रका कागजातसम्बन्धी कुनै शंका लागेमा दूतावासमा खबर गर्न सकिनेछ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

हिब्रू मिडियाले मंगलबार रिपोर्ट गरेको छ कि 'इजरायली' प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सिरियाली राष्ट्रपति अहमद अल-शारा बीच वाशिंगटनमा उच्चस्तरीय बैठक…

प्रतिकृयाहरू
...