Tuesday 13th January 2026

रचनाः आयो


बज्यो रे ठुलै घण्टी तिमीलाइ सचेत बनाउने ।
आउदैछ रे सुनामी त्यो, तिमीलाइ पुरै हुत्याउने ।
कति बहिरो झैं गर्छाै कानकै जाली फुटाइ सक्यो
किन अन्धो झैं गर्छाै हुत्याउँदै लगिसक्यो ।।

बसन्तलाइ भन्छन् सबै ऋतुराज यहाँ हेर
चैत बैशाख आयो ढ्याङ्ग्रो ठोक्दै तिम्रै अघिल्तिर ।।
परिक्षा कुनै भुत हैन तिमी सबैलाइ सातो लिने
माैका हो यो सफलताको एउटा सिंढी चढ्ने ।।

त्यसैले के गर्ने त?
आजै देखी कंस सुर ध्यान दिइ धेरै पढ्ने
जिन्दगी परीक्षै परीक्षा हो उतिर्ण हुँदै अघि बढ्ने ।।
तिमी लगनशील बने सफलता खोज्दै पछि लाग्छ
नत्र भने जिवनभर सधैं दुःखै दुःख अाइ लाग्छ ।।

पशुपति ओझा


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...