Wednesday 6th August 2025

फ्रान्ससँग ४-३ ले हारेपछि अर्जेन्टिना विश्वकपबाट बाहिरियो


तितोपाटी – फ्रान्सेली खेलाडी किलियान एमबापेले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो मुलुकलाई र्जेन्टिनाविरुद्धको खेलमा जित दिलाएका छन्। आर्जेन्टिनाविरुद्धको खेल फ्रान्सले ३ का विरुद्ध ४ गोलले जित्यो। त्यसमा एमबापेको दुई गोल निर्णायक रह्यो।

विश्वकपको अन्तिम १६ समूह अन्तर्गतको शनिवारको पहिलो खेलमा धेरै जसोको ध्यान आर्जिन्टिनी खेलाडी लियोनेल मेस्सीमा थियो। तर फ्रान्सेली खेलाडी एमबापेले उत्कृष्ट प्रदर्शन गरे जुन धेरैको सम्झनामा रहनेछ।

१९ वर्षका यी खेलाडीले सम्भवत: मेस्सीको नेतृत्वमा विश्वकप जित्ने आर्जेन्टिनाको अन्तिम सम्भावना समाप्त पारिदिए।
पछिल्लो खेलपछि मेस्सी र प्रशिक्षक साम्पाओलीको भविष्यबारे प्रश्न उठाउने ठानिएको छ।

यो जीतसँगै फ्रान्स विश्वकपको अन्तिम ८ समूहमा प्रवेश गरेको छ।

सन् १९९८ मा फ्रान्सले पहिलो र एकमात्रै विश्वकप जित्दा एमबापे जन्मिएकै थिएनन्।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...