Thursday 14th May 2026

ओमनमा जनजागरण तथा युवा सशक्तीकरण कार्यक्रम सप्पन्न


तितोपाटी – ओमनमा जनजागरण तथा युवा सशक्तीकरण कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रम हिजो २९ जुन शुक्रवार मस्कट्को कुरुम स्थित नेपाली राजदूतावासको सभाहलमा सम्पन्न भएको हो ।

जनजागरण तथा युवा सशक्तीकरण कार्यक्रम एन आर एन ओमनका उपाध्यक्ष गुणहरि अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी राजदुतावास ओमनका महामहिम राजदूत सर्मिला पराजुली, त्यसै गरि विशिष्ट अतिथीमा एन आर एनका सचिब डिबि क्षेत्री, नेपाल बाट आउनु भएका लेखन कलामा बौद्धिक क्षेमता भएका मनोज कुमार चन्द रहनुभएको थियो ।

उक्त कार्यक्रममा अतिथिहरुमा बिमल ढकाल, डि.सि.एम. रोजिना ताम्राकार, श्रम सहचारी कृष्ण कुमारी गौली, एन आर एनका सल्लाहकार तोलाकान्ता भट्टराई, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष उमेश विश्वकर्मा, प्रवासी नेपाली मञ्च, नेपाली समाज ओमन, जन सम्पर्क समिती ओमन, सगरमाथा समुह, नेपाली महिला समुह, नेपाली एकता समाज, बिवेक शिल साझा पार्टी, तामाङ्ग समाज, मगर संघ, तमु समाज, दलित एकता संजाल, बुद्ध भिजन, नेपाली क्रिश्चियन समुह, गुल्मी सेवा समाज, बाग्लुङ्ग सेवा समाज, म्याग्दी प्रवासी संग (मोना ) ओमनका अध्यक्षहरु रहनु भएको थियो ।

उक्त कार्यक्रमको समुदघाटन सभापति, प्रमुख अतिथी र विशिष्ट अतिथिले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । त्यसै गरि उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष केशव लाल श्रेष्ठले राख्नु भएको थियो । ओमनमा रहेका नेपालीलाई ओमनको कानुन र आफू कसरी सुरक्षित रहने र साथीहरूलाई पनि कसरी सहयोग गर्ने भन्ने बारेमा जानकारी दिएको थियो भने सहजीकरण एन आर एनका कोषाध्यक्ष सेवन्त पुर्जाले गर्नुभएको थियो । लेखन कलामा निकै बौद्धिक क्षेमता भएका मनोज कुमार चन्दले आफ्नो प्रतिभा प्रस्तुति गरि हलमा उपस्थिति सबैलाई अचम्मित तुल्याउन भएको थियो ।

हामिले आट गरे सबै कुरा गर्न सकिन्छ, मनले चाहानु पर्छ, यो संसारमा असम्भव भन्ने कुरा केही छैन । यस्ता प्रयास आफ्ना साना नानी बाबुहरुलाई पनि सिकाउनु पर्ने बताउनु भयो । उहाँले यस्ता प्रतिभा भएका मानिस नेपालमा धेरै छन तर सरकारले यस्ता प्रतिभा भएकालाई अवसर दिनु पर्ने पनि बताउनु भयो ।

नेपाली राजदुतावास ओमनका राजदुत लगायत विशिष्ट अतिथिहरुले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सभापतिले उक्त कार्यक्रममा उपस्थिति जनाउनु भएका सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...